‘लस्ट होरोस्कोप’ सार्वजनिक

‘लस्ट होरोस्कोप’ सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले अंग्रेजी कविता संग्रह ‘लस्ट होरोस्कोप’को विमोचन गरेकी छन्। 

ह्वाइट लोटस बुक्सको आयोजनामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा युयुत्सु शर्माको कविता संग्रह लस्ट होरोस्कोपको विमोचन गरेकी हुन्।

राजदूत भोल्कले कवितामा अद्भूत बिम्बहरूको प्रयोग गरेर पाठकलाई चकित तुल्याएको बताइन्। ‘युयुत्सु आर्टिस्ट कवि हुन्। उनले लभ, फ्रिडम, युथ र ब्यूटीजस्ता चार गुण कविताका विषय बनाउँछन्’, उनले भनिन्, ‘कवि खरो र निडर छन् तर सौम्य तरिकाले लेख्छ। लेखनमा इमान्दारिता छ।’ 

उनका अनुसार कवि शर्माको साहस जुटाएर अनौठा स्थानहरूमा लैजान्छन् र रहस्यात्मक शैलीमा प्रभावकारी प्रस्तुति दिन्छन्। दुःखले भरिएका घटनाहरूमा जीवनको मूल धार जोडेर नौलो र अनपेक्षित विषय कवितामा उठान गर्ने गरेको उनको भनाइ छ।

युयुत्सुले भारतको पञ्जावमा जन्मिएपछि हजुरबुबाले लेखेको चिनामा छ वर्ष वा ६० वर्षको हुँदा आफ्नो निधन हुने योग गरेको बताएको सन्दर्भ कवितामा राखेको बताए। 

‘६ वर्षको बच्चामा बाँचें तर ६० वर्षको हुँदा कोभिड–१९ भयो तर बाँचें’, उनले भने, ‘त्यो चिना पनि हरायो तर लस्ट होरोस्कोपको सबैभन्दा लामो कवितामा यही कुरा लेखेको छु।’ 

जोगीहरूको संगतमा हुर्किएपछि नेपाल फर्किएको र नेपालमा कूलदेवता गोरखनाथ नै रहेको उनले बताए। संग्रहमा क्यालिफोर्निया, बोस्टन, युके, चीन र ल्याटिन अमेरिकामा भ्रमण गर्दाको अनुभव कवितामा छन्।

साउद एसियाको विशेषांक ‘प्रतीक’को पनि कार्यक्रममा विमोचन गरिएको थियो। सम्पादक हरि अधिकारी, बुक्सका निर्देशक सिर्जना भण्डारीले कृति र पत्रिकाबारे बोलेका थिए भने अमर आकाश, आनन्द गुरुङ, भुवन थपलिया र पर्वत लावतीले कविता वाचन गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.