मिस्टर एन्ड मिस राजवंशी हुने

मिस्टर एन्ड मिस राजवंशी हुने
मिस्टर एन्ड मिस विराट राजवंशीका बारेमा जानकारी दिँदै आयोजक पदाधिकारी।
सुन्नुहोस्

आगामी चैत ३० गते ‘मिस्टर एन्ड मिस विराट राजवंशी’ प्रतियोगिता आयोजना गर्न लागिएको हो।

विराटनगर : राजवंशी समुदायको भाषा तथा संस्कृति जगेर्ना गर्ने उद्देश्यले विराटनगरमा ‘मिस्टर एन्ड मिस विराट राजवंशी’ प्रतियोगिता हुने भएको छ। भाषा, कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ विराट राजवंशी प्रगतिशील विकास समाजको आयोजनामा सौन्दर्य प्रतियोगिता हुन लागेको हो।

आगामी चैत ३० गते ‘मिस्टर एन्ड मिस विराट राजवंशी’ प्रतियोगिता आयोजना गर्न लागिएको हो। विराट राजवंशी समुदायलाई लक्षित गर्दै नेपालमै पहिलो पटक यस प्रकृतिको प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले जानकारी दिए। समुदायका युवायुवतीको व्यक्तित्व विकास र शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागिएको उनले बताए।

प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका युवायुवतीले भाग लिन पाउने आयोजकले जनाएको छ। आयोजकका अनुसार आवेदन फारम भरेर प्रतियोगितामा सहभागिता जनाउन सकिने छ। हालसम्म एक सय बढीले प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। प्रतियोगिताको पहिलो चरणको अडिसन मंगलबार गते हुने भएको छ।

अडिसनबाट छनोटमा परेका ७० युवायुवतीलाई एक महिने प्रशिक्षण दिएर प्रतिस्पर्धा गराइने विराट राजवंशी प्रगतिशील विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले बताए। छनोटमा परेका प्रतिस्पर्धीहरूलाई व्यक्तित्व विकास र वक्तृत्वकलालगायतका जीवनपयोगी विधामा विज्ञहरूबाट प्रशिक्षण दिइने छ।

प्रतियोगिताका विजेताले ३१ हजार नगद पुरस्कारका साथै चाँदीको क्राउन र आकर्षक गिफ्टह्याम्परसँगै संस्थाको म्युजिक भिडियो खेल्ने अवसर पाउने छन्। आयोजकका अनुसार प्रतियोगितामा दोस्रो र तेस्रो हुनेलाई क्रमशः २१ हजार र ११ हजार नगद पुरस्कारका साथै गिफ्टह्याम्पर प्रदान गरिने भएको छ। यस्तै बेस्ट हेयर, बेस्ट फिगर र फोटोजेनिकलगायतका विधामा पनि पुरस्कार प्रदान गरिने भएको छ।

प्रतियोगिता राजवंशी समुदायको मौलिक भेषभूषामै हुने विराट राजवंशी प्रगतिशील विकास समाजले जनाएको छ। समाजले यसअघि दुुई पटकसम्म विराटनगर–५ मा ११ दिने मेलाको आयोजना गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.