नेता 'फ्रस्टेसन'मा पर्दा देशमा निकास निस्कन गाह्रो छ (भिडियो वार्ता)
काठमाडौं: प्राध्यापक डाक्टर जगतबहादुर केसीले अब पनि योग्य व्यक्ति राष्ट्रपति नबन्ने बताएका छन्।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै राजनीतिक विश्लेषक केसीले दलकै कारण अब पनि योग्य व्यक्ति राष्ट्रपति नबन्ने दाबी गरेका छन्।
यसको मुख्य कारण नेताको फ्रस्टेसन नै रहेको बताएका छन्। उनले भने, 'प्रधानमन्त्रीलाई पाँच वर्ष टिक्ने वातावरण बनाउन चुनौती छ। यो चुनौती समाना गर्न प्रधानमन्त्रीमा फ्रस्टेसन होला। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेका सम्झौता भंग होला कि भन्ने चिन्ताले फ्रस्टेसन छ। प्रचण्डजी, ओलीजीलाई त फ्रस्टेसन नहुनुपर्ने तर उहाँहरूलाई नै फ्रस्टेसनले गाँजेकाले यो समस्या आएको छ।'
नेतालाई मात्र नभइ नेपाली जनता पनि फ्रस्टेसनको सिकार भएको उनले बताए। किसानले चितवन, झापाबाट आफ्नो फ्रस्टेसन देखाइ सकेको केसीले बताए।
प्रतिक्रिया दिनुहोस !
