‘को–हजबेन्ड’ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट

‘को–हजबेन्ड’ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट
सुन्नुहोस्

काठमाडौं : नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनोट भएको छ।

भारतको केरलामा फेब्रुअरी २० देखि २३ सम्म हुने साइन अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बेलायतको लन्डनमा २० फेबु्रअरीदेखि ५ मार्चसम्म हुने लन्डन माउेन्टन फिल्म महोत्सव, मार्च २४ देखि २६ सम्म क्यानडाको नर्थ बे ओन्टारियोमा हुने गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा युरोपियन मुलुक स्लोभाकियामा आयोजित टाट्रास अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को–हजबेन्ड छनोट भएको निर्देशक गणेश पाण्डेले जानकारी दिए। 

विश्वका दर्जनौं महोत्सवमा छनोट भइसकेको को–हजबेन्डले गत अगस्ट ४ देखि ७ सम्म अमेरिकाको जर्जियामा आयोजित आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘बेस्ट इन्टरनेसनल डकुमेन्ट्री अवार्ड’ जित्न सफल भएको थियो। काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)बाट यात्रा आरम्भ गरेको ‘को–हजबेन्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्डका रूपमा ‘माउन्ट एभरेस्ट अवार्ड’ जितेको थियो। 

त्यस्तै, नेपाल–अफ्रिका चलचित्र महोत्सवमा ‘एडिम क्रियटिभ पुरस्कार २०२१’, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट डकुमेन्ट्री अवार्ड’ र रसियामा भएको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’, स्लोभाकियामा भएको २९औं इन्टरनेसनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको थियो।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती विवाह गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.