लोत्से मलमा लुटपाट : भैरहवाबाट सहचालक पक्राउ

लोत्से मलमा लुटपाट : भैरहवाबाट सहचालक पक्राउ
सुन्नुहोस्

भैरहवा : काठमाडौंको नयाँ बसपार्क स्थित सञ्चालित लोत्से मल तोडफोड, चोरी तथा प्रहरीको गाडीमा आगजनी घटनामा संग्लन आरोपमा रुपन्देही प्रहरीले भैरहवाबाट एक जनालाई पक्राउ गरेको छ।

घटनामा संग्लन भई फरार रहेका रुपन्देही सैनामैना नगरपालिका-६ का १८ वर्षीय कमल कार्कीलाई भैरहवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एंव प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

पक्राउ गरिएको कार्कीको साथबाट तीन थान मोबाइल समेत बरामद भएको उनले बताए। उनी बसका सहचालक हुन्। 

पक्राउ परेका कार्कीलाई बरामद मोबाइलसहित आवश्यक कारबाहीका लागि प्रहरी वृत महाराजगंज काठमाडौं पठाइएको डीएसपी अर्यालले बताए। घटनामा संग्लन आरोपमा प्रहरी धमाधम आरोपीहरूलाई पक्राउ गरिरहेको छ। 

गत फागुन १ गते यातायात मजदुर आन्दोलनको नाममा बस, ट्याक्सीका चालक, सहचालक लगायतले प्रहरी वृत बालाजुका दुई वटा गाडी, अस्थाई प्रहरी बिटमा आगजनी, लोत्से मलमा तोडफोड तथा मोबाइल लगायतका साम्रगी चोरी गरी शान्ति सुरक्षामा खलल पुर्याएका थिए।

घटनामा संग्लन पक्राउ परेका आरोपीहरू उपर चोरी तथा डाँका मुद्दामा अनुसन्धान भइरहेको काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.