अमेरिकाको आँगनमा जमेको उमंग

अमेरिकाको आँगनमा जमेको उमंग
फाइल तस्बिर।

विश्व एउटा घर हो। यहाँ बसोबास गर्ने हामी सबै परिवार हौं। १५ देशका हामी सबैले सबैलाई गर्ने माया, साथ, सहयोग, उत्प्रेरणा, हेरचाह, चासो कुनै नेपाली परिवारको भन्दा कम थिएन।

नयाँ ठाउँ जाने भनेपछि कौतुहलता नहुने कुरै भएन। त्यो पनि विश्वकै धनी राष्ट्र– अमेरिका। अमेरिकी सरकार विदेश मन्त्रालयको निमन्त्रणामा इन्टरनेसनल भिजिटर्स लिडरसिप प्रोग्राम (आईभीएलपी) को क्रममा महिना लामो अमेरिकाको भ्रमण गर्ने अवसर मिल्यो। १५ राष्ट्रका विदेशी सञ्चारकर्मीसँगको तीन साता लामो बसाईले आपसको आत्मीयता, रहनसहन, खानपानमात्र सिकाएन, देशको आर्थिक, सामाजिक, राजनीतिक जानकारी पनि दिलायो। सरकारकै निमन्त्रणा भएकाले खुसी, उत्सुकता, कौतुहलतासँगै केही अन्योल पनि थिए। अन्योल यस अर्थमा कि ८ महिने दुधे छोरी घरमै छोडेकी थिएँ।

अमेरिकामा नेपाली खानाको खोजी

९ अक्टोबर २०२२ कोजाग्रत पूर्णिमाको दिन पोखराबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अमेरिका उडें। कार्यक्रम अक्टोबर १५ देखि नोभेम्भर ५ सम्मको थियो। विगतका यात्राजस्तो उत्साह थिएन, विश्वकै धनी राष्ट्रको विकास हेर्ने हुटहुटी चाँही पक्का थियो। ११ अक्टोबरको रात वासिड्टन डिसीस्थित डलास अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएँ। दिदी र भान्जीसँग पार्किङ, सडक सिस्टमलगायत नेपालको कुरा गर्दै मेरील्याण्ड पुग्यौं।

छोटो यात्रामा थाहा पाएको कुरा, अमेरिका भनेको हरेक कुराको पहिचान भएको व्यवस्थित ठाउँ हो। जहाँ सबै सडकको नाम छ। हरेक घरको नम्बर छ। प्रत्येक व्यक्तिको पहिचान छ। अनि पारस्परिक मर्यादा छ। खुला र ठूला बाटामा हिँड्दा हिँड्दै मान्छेको मन पनि फराकिलो भएको हुनसक्छ। किनकि त्यहाँ कोही पनि कहिल्यै खुम्चिन पर्दैन। सबैले दिल खोलेर चाहेको गर्न सक्छ। नागरिकको सुविधा र सम्पन्नताका लागि सरकारले भरपूर प्रयत्न गर्दा रहेछन्। विमानस्थलदेखि घरसम्मको करिब १ घण्टाको बाटोमा न त हामी कतै उफ्रिनु पर्‍यो न कतै रोकिनु पर्‍यो। नेपाल छोडेदेखि नेपाली खाना खोजिरहेकै थिएँ। घरभित्र पस्नेबित्तिकै नेपाली खानाको बास्ना आयो।

डिसीमा संघीयता बहस

वासिङ्टन डिसीलाई संघीय सरकार सञ्चालनका लागि १७९० मा कांग्रेसले पारित गरेको हो। यो पोटोम्याक नदीको पूर्वी किनारमा अवस्थित छ। जसले यसको दक्षिणपश्चिमी र दक्षिणी सिमाना भर्जिनियासँग जोड्छ। यसको अर्को छेउमा मेरील्याण्डसँग भूमि सीमा साझेदारी गर्छ। डिसी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको अखडा हो। बर्सेनि १ करोड ८० देखि ९० लाखसम्म पर्यटक पुग्ने भएकाले यहाँको प्रमुख उद्योग पर्यटन रहेछ। ख्यातिप्राप्त विश्वविद्यालय, संग्रहालय, अनुसन्धान केन्द्र आदिले पर्यटकको संख्या हरेक वर्ष बढ्दो छ। अक्टोबर १६ को कार्यक्रममा आईभीएलपीमा सहभागी विभिन्न देशका सञ्चारकर्मीबिच सम्बन्ध गाँस्ने अवसर मिल्यो।

१७ अक्टोबरबाट कार्यक्रम औपचारिक रूपमै सुरु भयो। युएस डिपार्टमेन्टका ‘स्कट भ्यान एल्स्टीन’ले कार्यक्रमबारे विस्तृत जानकारी दिए। संघीयतासम्बन्धी सघन छलफल भयो। त्यस दिनको अवलोकन थियो, इन्टरनेसनल सेन्टर फर जर्नालिष्टको अफिस। अक्टोबर १८ मा डिसीमै अमेरिकाको मिडियाको इतिहास र यसको भूमिका साथै गलत सूचनाले बढाएको चुनौतीमा छलफल भयो। हामीले युस डिपार्टमेन्ट अफ स्टेटमा प्रेस ब्रिफिडको अवलोकन गर्न पनि भ्यायौं। १९ अक्टोबरमा डिसीबाट नर्थ क्यारोलिनातर्फ लाग्यौं।
 

नर्थ क्यारोलिनामा बर्से मेला

करिब ५ घण्टाको बस यात्रापछि नर्थ क्यारोलिनास्थित र्‍याले पुग्यौं। र्‍याले चार्लोटपछि नर्थ क्यारोलिनाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको सहर हो। यसलाई ‘ओक्सको सहर’को रूपमा पनि चिनिन्छ। यो पछिल्लो समयमा छिटो विकास भएको सहर हो। होटलबाट दिदीको घर २० मिनेटको दूरीमा भएकाले अनौपचारिक परिवेशमै रमायौं। डब्लुयुएनसी पब्लिक रेडियो ९१.५ मेगाहर्जको अफिसमा पुग्यौं। मोडर्न टेक्नोलोजीको प्रयोग थियो। नर्थ क्यारोलिना एशोसिएसन अफ ब्रोडकास्टरको टिमसँग अन्तक्र्रिया भयो।
 

चपलहिलमा रहेको युनिभर्सिर्टी अफ नर्थ क्यारोलिना अमेरिकाकै पहिलो पब्लिक कलेज रहेछ। १७९२ मा स्थापित र्‍याले सहरमा धेरै सार्वजनिक पार्क, स्क्वायर र हरितमार्ग रहेछन्। ४ लाख ५१ हजारभन्दा बढी जनसंख्या भएको यो सहर निर्माण, थोक र खुद्रा बिक्रीको सेन्टरको रूपमा विकास भएको रहेछ। बाढी नियन्त्रणका लागि १९७६ मा ड्याम निर्माण गरी बनाइएको मानवनिर्मित लेक लीन् (ताल) हेर्ने अवसर पाइयो। नर्थ क्यारोलिनामा वर्षमा एकपटक लाग्ने स्टेट फेयर (मेला) हेर्ने अवसर पनि पाइयो। जहाँ खानाका परिकार, विभिन्न खेलबाट मनोरञ्जनका साथै पशु र कृषि प्रदर्शनी गरिएको थियो। विश्व रक्तदाता अर्जुन मैनालीसँगको छोटो भेटले अझै उर्जा थप्यो।
 

विस्कन्सिन विकासको काल्पनिक ठाउँ

२२ अक्टोबरमा फ्लाइटमार्फत विस्कन्सिनको मेडिसनतर्फ लाग्यौं। अमेरिकन एयरलाइसमार्फत् सिकागो एयरपोर्टमा पहिलोपटक ओर्लिंदा विकासको काल्पनिक ठाउँमा आएको महसुस भयो। अत्यन्तै लोभलाग्दो। त्यहाँबाट आन्तरिक उडान थियो मिलवाकीको। बाहिरको घुमाई नभए पनि आकाशबाटै हेरियो। सबै कसले, कहिले र कसरी बनाएको होला ? भनेर जान्ने उत्सुकता भयो। इच्छाशक्ति र आँट भए यतिसम्म विकास हुँदोरहेछ, थाहा पाइयो। एयरपोर्टबाट विस्कन्सिन मेडिसनसम्मको बस यात्राको दूरी ९० मिनेटको थियो। बोटविरुवामा पहेलो, रातो रंगका कारण वाहिरी दृश्य रंगीन र अत्यन्तै मनमोहक देखिन्थ्यो।

ह्यात होटलमा पुग्दा ५ बजेको थियो। होटलमा साथी नेटले कुरेर बसेको रहेछ। ६ घण्टा लामो ड्राइभ गरेर ऊ मलाई भेट्न आएको थियो। सहयोगी मनका धनी उनीसँग २०७२ सालको भूकम्पमा गोर्खामा केही राहत सामग्री वितरण गर्ने क्रममा चिनजान भएको थियो। भूकम्प गएको तेस्रो दिन हामी बारपाकसम्म पैदलै पुगेका थियौं। नेपालका विकट र पिछडिएको स्थानमा सहयोग गर्न रुचाउने नेटको ससुराली नेपाल नै हो। मेडिसन विस्कन्सिनको राजधानी हो। यो दुईवटा ताल मेन्डोटा र मोनोनाको बिचको साँघुरो जमिनमा सबैलाई आकर्षित गर्नेगरी अवस्थित रहेछ।

डब्लुओआरटी ८९.९ एफएममा सामुदायिक पत्रकारिताको विषयमा छलफल भयो। सामुदायिक एफएममा तीन सयजना भोलेन्टिएर भएको सुन्दा अचम्म लाग्यो। गैरसरकारी संस्था सेन्टर फर मिडिया एण्ड डेमोक्रेसीमा झुटा समाचार र यसको प्रभावबारे अन्तत्र्रिmया भयो। जसले लामो समयदेखि मिडिया लिटेरेसी, सिटिजन जर्नालिज्म, अनुसन्धान र पोलिसीमेकरबारे सेवा उपलब्ध गराउँदो रहेछ। युनिभर्सिटी अफ विस्कन्सिन मेडिसनअन्तर्गत स्कुल अफ जर्नालिज्म एण्ड मार्स कम्युनिकेसनमा जर्नालिज्म शिक्षा, अहिलेको राम्रो अभ्यास, पत्रकारितामा नैतिकताको प्रयोग, खोज पत्रकारिताका चुनौतीलगायतमा छलफल भयो। सोही सीटीमा रहेको द विस्कन्सिन सेन्टर फर इन्भेस्टिगेटीभ जर्नालिज्मले खोज पत्रकारितामा संख्यात्मक र गुणात्मक वृद्धिका लागि काम गरिरहेको रहेछ। जहाँ पोखराका मदन दाइ र लक्ष्मी भाउजुसँग भेट भयो। परदेशमा नेपालीसँगको भेट !

युटामा ६० हजार शरणार्थी

अक्टोबर २६ देखि नोभेम्बर १ सम्म हामी युटामा रह्यौं। मिलवाकीबाट युटासम्म युनाइटेड एयरलाइन्सबाट हामी करिब ५ घण्टाको हवाईयात्रामार्फत् थकित अवस्थामा राति साढे १० बजे पुग्यौं। भोलिपल्ट बिहानै साढे आठ बजे द अफिस अफ युटा गभर्नरको अफिसमा सिनियर सल्लाहकार सञ्चार निर्देशक जेनीफर नेपिएर पियर्ससँग अन्तत्र्रिmया भयो। त्यसपछि केएसएल र डेसेरेट न्यूजको अवलोकन गर्ने तालिका थियो। ती सञ्चारमाध्यम चर्चको स्वामित्वमा चलेका रहेछन्। भोलिपल्ट पार्क सिटीस्थित सनडान्स इन्स्टिच्युटमा विश्वव्यापीरूपमा निर्माण गर्दै आएको डकुमेन्ट्रीबारे सुन्ने र जिज्ञासा राख्ने मौका मिल्यो। त्यसमा १८० कर्मचारी कार्यरत छन्। साल्ट लेकको स्वतन्त्र आवाज भनेर परिचित साल्ट लेक ट्रिबुनमा खोज पत्रकारिताको विषयमा छलफल भयो।

युटामा अलिअलि हिउँसँग हातेमालो गर्ने अवसर जुर्‍यो। पुग्दाको रात नै यसवर्षको हिमपातले स्वागत गरेको रहेछ। बिहानसम्म सेताम्मे हिउँ थियो। झट्ट हेर्दा साल्ट लेक सिटीको आसपासको क्षेत्र पोखराबाट हिमशृंखला देखिएजस्तै हिमाल र डाँडाहरू देखिए। नेपालमा तिहारको रमझम सुरु भइरहेको थियो त्यसबेला, जतिबेला ह्लोइन मनाइँदो रहेछ अमेरिकामा। केटाकेटीहरू भूतको जस्तो पहिरनमा साँझपख घरघरमा जाँदा रहेछन्। हामीले देउसीभैलोमा चामल, रोटी दिएजस्तो त्यहाँ बालबालिकालाई चकलेट दिइने रहेछ। कहिले गाईजात्राजस्तो लाग्ने त कहिले तिहारको देउसीभैलो जस्तो लाग्ने त्यो पर्व अमेरिकनले रमाइलोसँग मनाउँदा रहेछन्। एन्टेलोप आइल्याण्ड स्टेटपार्कमा बिताएको क्षण बिर्सिनसक्नुको भयो।

साल्टलेक सिटी, युटा राज्यमा पर्ने साल्टलेक भ्यालीको उत्तरपूर्वमा अवस्थित छ। पहाडहरूले घेरिएको यो राज्यमा विभिन्न देशबाट आएका ६० हजार शरणार्थी रहेछन्। भुटान, सोमालिया, सुडान, इराक, बर्मालगायत देशबाट शरणार्थी आएर बसेको सूचना पाइयो। युटा व्यवसायका लागि सम्भावना बोकेको सहरको रूपमा विकास भइरहेको छ। युटामा ९ वटा शैक्षिक संस्था छन्। युटामा अमेरिकी आदिवासी जनजातिको बसोबास छ। युटामा होम हस्पिटालिटीको व्यवस्था पनि गरिएको थियो। १९ जनाको हाम्रो समूहलाई पाँच समूहमा विभाजन गरिएको थियो। म पहिलो गु्रपमा थिएँ। हाम्रो गु्रपमा यानिक, एलन र म थियौं। हामीलाई स्वागत गर्ने परिवार थियो, जेफ इस्टिवा। उनका आमा र दुई छोरा थिए। विभिन्न अमेरिकन परिकार हाम्रा लागि उनका छोराले बनाएका थिए। करिब दुई घण्टा परिवारसँग कुराकानी गर्‍यौं। नेपालबारे पनि बतायौं। गुगलमार्फत् उनीहरूलाई आआफ्ना सहर घुमाउन भ्यायौं।

लुजियाना न्यूअर्लिन्समा रातभर जाग्राम

नोभेम्बर १ मा हवाई यात्राबाट लुइसियानातर्फ लाग्यौं। न्यू अर्लिन्स लुइसियाना सहर आफू सुतेन। न त हामीलाई नै सुत्न दियो। रातभर जाग्राम बसायो, कोजाग्रत पूर्णिमाको रातजस्तै। सबैखाले पसल, होटल खुल्ला। विविध किसिमका अचम्मका नाच र अन्य मनोरञ्जनका क्रियाकलाप। हरक्षण नयाँ अनुभूतिले निद्रा यसै गायब भयो। निकै नै खुला त्यो सहर। अमेरिकाको लुइसियाना राज्यको दक्षिणपूर्वी क्षेत्रमा मिसिसिपी नदी। सानैमा पढेको नदीसँग साक्षात्कार भयो। प्रमुख बन्दरगाह रहेको उक्त क्षेत्र आर्थिक र व्यावसायिक केन्द्र रहेछ। न्यू अर्लिन्स संगीत, क्रियोल व्यञ्जन, बोलीचाली, चाडपर्वहरू, विशेषगरी मार्डी–ग्रासका लागि यो विश्व प्रसिद्ध रहेछ।

सहर, सडक, खोला, खेतीयोग्य जमिन, जंगल, गाउँ, बस्ती सबै उस्तै व्यवस्थित। यी सबै हेर्दा र समयको पालना गर्दा नेपालका हरेक गतिविधि आँखाभरि आए। कहिले नेपालको अवस्था सम्झेर आँखा रसाए त कहिले यस्तै नेपालको परिकल्पना गरेर मन उमंगले नाच्यो।  
अमेरिकाको एउटा राज्यभन्दा पनि कम क्षेत्रफल भएको नेपालको विकासका लागि नेतृत्वको इच्छाशत्तिाm भए पुग्छ भन्ने निष्कर्षसहित नेपाल फर्किएँ। मलाई जस्तै तीन करोड नेपालीलाई ‘समृद्घ नेपाल, सुखी नेपाली’ भएको हेर्न मन  पक्कै छ।

 

 

 

 

 

 

 

क्रस सांस्कृतिक र बहुभाषिक समुदाय साथै फिल्म उद्योग र पपसंस्कृतिमा प्रमुख भूमिकाका कारण हलिउड दक्षिणको रूपमा पनि चिनिन्छ। फ्रान्सेली उपनिवेशवादद्धारा सन् १७१८ मा स्थापित न्यू अर्लिन्स १८०३ मा सयुक्त राज्य अमेरिकाले आफ्नो बनाएको थियो। सञ्चार र सम्बन्धित सञ्चारमाध्यम, विश्वविद्यालय, सहर, सडक, पार्क, रहनसहन, रीतिरिवाज, जीवन क्रियाकलापलाई नजिकबाट नियाल्ने मौका पाइयो। यही सिटीमा नाटक थिएटरको मजा पनि लिइयो, लिलायन्स किङ नाटकमा।

अन्तरदेशीय मित्रता

विश्व एउटा घर हो। यहाँ बसोबास गर्ने हामी सबै परिवार हौं। १५ देशका हामीबीचको माया, साथ, सहयोग, उत्प्रेरणा, हेरचाह, चासो कुनै नेपाली परिवारको भन्दा कम थिएन। एल्टीगुवा र बर्बुडाको प्रतिनिधित्व गर्दै सहभागी भएका लोरेन गार्पिmल्ड बर्फोर्ड जतिबेला पनि टिपटप भएर निस्कन्थे। हरेक क्रियाकलाप र साथीहरूले गरेका कार्यमा हौसला दिन ‘गुड जब’ भन्दै मुस्कुराउने उनको बानी थियो। एल्टीगुवा र बर्बुडा न्युज, स्पोर्टस् एन्ड करेन्ट अफेयर्समा आधारित कार्यक्रम उत्पादन र प्रसारण र सबै व्यवस्थापन गर्ने जिम्मेवारी उनकै थियो।

बोत्स्वानाकी ओसी सुरु दिनमा सबैभन्दा पहिला मसँगै भेटेकी मित्र थिइन्। डिसीमा सिटी टुरको समयमा अल्ली ढिला आइपुगेकी उनी हामीसँग घुलमिल हुनलाई मिनेट पनि लागेन। हाँस्दा भित्रैदेखि खित्का छोडेर हाँस्न उनी कही कसैसँग हिच्किचाउन्नथिन्। नोर्थ ग्याबोरोन सहरकी उनी राष्ट्रपतिको कार्यालयको मिडिया डिरेक्टर रहिछन्। बोत्स्वानाको पहिलो मिडिया रिलेसन नीति बनाउने सन्दर्भमा उनको ठूलो योगदान रहेछ। लुइस कोर्टारिकाबाट थिए, यानिक डिभ्वारबाट। कम बोल्ने स्वभावका उनी चासोका साथ विषयवस्तु बुझ्ने कोसिस गर्थे। जुलिया सोकोल एस्टोनियाबाट थिइन्। आफ्नो फोटो खिच्न त्यति मन नगर्ने उनी शान्त स्वभावकी थिइन्। उनलाई सिन खिच्ने सोख रहेछ।

एलन ओर्लिगो केन्याबाट थिए। कम बोल्ने तर मुस्कुराउन नछोड्ने उनको स्वभाव थियो। टिमिनानी मलेसियाबाट प्रतिनिधित्व गरेकी थिइन्। मलेसियामा उनले महिला सहभागिता, महिला अधिकार र समाजका विषय उठान गर्छिन्। हँसिलो अनुहारकी उनी झट्ट हेर्दा टिभी प्रस्तोताजस्तो लागेकी थिइन्। मोजाम्बिकका एर्नेस्टो आमसञ्चार र पत्रकारिताका प्रोफेसर हुन्। मिडिया इष्टिच्युट अफ साउदर्न अफ्रिकाका डिरेक्टर समेत रहेका उनी विषयवस्तुलाई चासोका रूपमा लिन्थे। चियोमा नाइजेरिया इन्फो ९२.३ एफएमको न्यूज एडिटर थिइन्। मारचिन र सवास्टिएन पोल्याण्डबाट थिए भने इमानुएल जोसेफ साउथ सुडान अनि आबु अली उज्वेकिस्तानबाट थिए। कार्यक्रमले व्यक्तिमात्र होइन, राष्ट्रहरू पनि जोडेको छ।

र अन्त्यमा, सडक सञ्जाल

अमेरिकामा चकित पार्ने धेरै पक्ष हुँदाहुँदै पनि सबैको ध्यान खिचेर विकासको परिचय दिने मुख्य पूर्वाधार हो, सडक। अविकसित र विकासशील देशहरूले पनि विकासको अभियान सडकबाटै सुरु गरिसकेका छन्। वासिड्टन डिसी, नर्थ क्यारोलिना, विस्कन्सिन, युटा, लुइसियाना, टेक्सासजस्ता राज्यमा लाखौं वर्गकिलोमिटरका मरुभूमिमा बनाइएका राजमार्गहरू कतिपय ठाउँमा धागो तानेजस्तै सिधा रहेछन्। समयको पालना र नतिजामुखी कार्यमा जोड दिनु विकसित राष्ट्रको पहिचान हो। पूर्वनिर्धारित कार्यक्रम तोकिएको समयमा सुरु हुने र तोकिएकै समयमा समापन गर्ने सही तरिका सिकायो हामी सबैलाई।

अमेरिकाका सडक र सहर उत्तिकै चौडा, सफा र राम्रा लागे। सानादेखि कति सहरी क्षेत्रमा २६ लेनसम्मका अत्याधुनिक सडकहरू, अग्ला पुल, फ्लाइ–ओभर, हेरिरहूँ लाग्ने इन्टरसेक्सन, एक्जिट, पार्क, किनारमा रूखहरू, घाँसेमैदान र फूलबारीले सुसज्जित। भित्री र गाउँगाउँका सडकसमेत आवश्यकताअनुसार कति लेन र कस्ता चाहिने हो, त्यहीअनुसार चिटिक्क पारिएका थिए। सबै ठाउँमा नागरिकलाई सम्मान र अभिप्रेरित गर्ने खालका अभ्यास। नागरिकलाई कसरी सहज हुन्छ भनेर राखिएको सरकारी सोच। कतै नजिकबाट कतै बसबाट अनि कतै आकाशबाट अमेरिका अवलोकन गर्ने अद्भूत अवसर अमेरिकी सरकारले दियो।

सहर, सडक, खोला, खेतीयोग्य जमिन, जंगल, गाउँ, बस्ती सबै उस्तै व्यवस्थित। यी सबै हेर्दा र समयको पालना गर्दा नेपालका हरेक गतिविधि आँखाभरि आए। कहिले नेपालको अवस्था सम्झेर आँखा रसाए त कहिले यस्तै नेपालको परिकल्पना गरेर मन उमंगले नाच्यो। सबैतिर योजनावद्ध विकास देख्दा नेपालमा पनि विकासका लागि योजना, सोच र नीति बनाएर नेता इमान्दार होउन् भन्ने लाग्यो। देशको मुहार फेर्ने नियत नेतृत्व वर्गमा नभएपछि कसको के लाग्दोरहेछ र ? अमेरिकाको एउटा राज्यभन्दा पनि कम क्षेत्रफल भएको नेपालको विकासका लागि नेतृत्वको इच्छाशक्ति भए पुग्छ भन्ने निष्कर्षसहित नेपाल फर्किएँ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.