सिद्धार्थ र कियाराको विहेको चर्चा

काठमाडौं : बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा अडवाणी विवाह बन्धनमा बाँधिएका छन्। उनीहरूले मंगलबार भारतको जैसलमेरमा विवाह गरेका हुन्।
दुबैले विवाहको तस्बिर बुधबार सार्वजनिक गरेका छन्। उनीहरूले एकअर्कालाई चुम्बन गरेको तस्बिरसमेत सार्वजनिक गरेका छन्। बलिउडमा यी जोडीलाई 'मस्ट एडोरेबल कपल'को रूपमा लिने गरिन्छ।
विवाह पश्चात सिद्धार्थले प्राइवेट जेटमा कियारालाई दिल्ली लगेका थिए। दिल्ली निवासी सिद्धार्थले विहेको पार्टी दिने कार्यक्रम छ। त्यसलगत्तै मुम्बईमा पनि पार्टीको आयोजना गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
