मानव बेचबिखनमा संलग्न प्रतिवादी पक्राउ
काठमाडौं : मानव बेचबिखनमा संलग्न रही फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ की कविता घिमिरे रहेकी छिन्।
मानव बेचबिखन गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला अदालतले २०६९ मंसिर ११ गते १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार जरिवानाको फैसला गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खोजीका लागि अनुरोध आएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खोजतलास गर्ने क्रममा माघ २३ गते काठमाण्डौ महानगरपालिका-३२ जडिबुटीबाट उनलाई पक्राउ गरिएको हो।