रौतहटको एक डेरीमा प्रहरीको छापा, सञ्चालकसहित चार पक्राउ

रौतहटको एक डेरीमा प्रहरीको छापा, सञ्चालकसहित चार पक्राउ

रौतहट : जिल्लाको गौर नगरपालिका-५ मा रहेको फूलतारा डेरी उद्योग रौतहटमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा अखाद्य वस्तु बरामद छ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले उद्योगमा मंगलबार छापा मारेको हो। टोलीले भैंसीलगायत पशुको बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाउन तयार पारिएको अखाद्य वस्तुहरू बरामद गरेको छ।

डेरीका सञ्चालक राजपुर नगरपालिका-१ भगवानपुर का महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सञ्चालक मतिउल्लाहसहित त्यहाँ कार्यरत अन्य दुई जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

डेरीबाट अखाद्य पदार्थको प्रयोग गरी तयार पारेको घिउ गौर काठमाडौंसहित देशका विभिन्न बजारहरूमा बिक्री गर्ने गरेको खुलेको छ। एसपी बिरबहादुर बुढामगरले डेरीमा छापा मारेर बरामद वस्तुहरूको परीक्षण गरेर कानुनअनुसार दोषिमाथि कारबाही गर्ने बताएका छन्।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मानव स्वास्थ्यमा हानी पुर्‍याउने अखाद्य वस्तुहरू बिक्री वितरण गर्दै आएको उजुरी परेपछि प्रहरी र प्रशासन कार्यालयका कर्मचारीको रोहवरमा उद्योगमा छापा मारिएको बताए।

केही साताअघि पनि अखाद्य पदार्थ मिसाएको २७ ड्रम घिउ रौतहटको इशनाथ नगरपालिकाको मठियाबाट सशस्त्र प्रहरीले बरामद गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.