कुष्ठरोगीलाई रोगलेभन्दा आफन्तबाट बढी पीडा

कुष्ठरोगीलाई रोगलेभन्दा आफन्तबाट बढी पीडा

रौतहट :  कुष्ठरोग लागेर घर निकाला गरिएका एक वृद्ध एक दशकदेखि घर फर्कन सकेका छैनन्।

कुष्ठरोग लागेकै कारण रौतहटको परोहा नगरपालिका-५  का ७० वर्षीय इनरदेव रामलाई घरपरिवार र समाजले बहिष्कार गरी गाउँ निकाला गरेका थिए।

१० वर्षअघि भारतको पटियालामा मजदुरी गर्न गएका रामलाई कुष्ठरोगको लक्षण देखिएको थियो। भारतमा साहुले सामान्य उपचार गराएर घर पठाएका थिए। 

घर फर्केका रामलाई कुष्ठरोग लागेको थाहा भएपछि परिवारका सदस्यसमेत मिलेर गाउँलेहरूले गाउँबाट निकाला गरेको उनी बताउँछन्। घर फर्केपछि रामले नेपालमा दुई पटक उपचार गराए। रोग निको  हुँदै गएपनि छिमेकी र गाउँलेको दबावमा परिवारले उनलाई गाउँ निकाला गरे।

अरूलाई पनि कुष्ठरोग सर्ने र घरपरिवारमा कुनै पनि सन्तानको विवाह नहुने भन्ने अन्धविश्वासले घरमा दबाब दिन थालेको र आफू घरबाट निस्किन बाध्य भएको राम दुखेसो पोख्छन्।

गाउँबाट निकालिएपछि उनी धेरै वर्ष राजपुर नगरपालिका नजिकै बमनहरको डिलमा छाप्रो बनाएर बसे। मागेर खाए। खसार्वजनिक धारामा पानी भर्न नदिने, देख्ने बितिकै हेला गर्ने गरेको पीडित रामको दुखेसो छ। रोजगारीका लागि भारतको पन्जाबमा हुँदा हात र खुट्टामा घाउ आयो। 

बायाँ हातको एउटा औला र बायाँ खुट्टाको सबै औला घाउले झरे उपचारका लागि  पन्जावस्थित अस्पताल गए। घर फर्किएपछि थप उपचारका लागि धनुषाको लालगढ पुगे।

केही महिनाको उपचारपछि घाउ निको भयो उनी पूर्णरूपमा निको भएको चिकित्सकले बताए। तर उनी घरमा बस्न  पाएनन्। इनरदेव राम अहिले भेडियाहीमा बस्छन्। उनको जीवन कष्टपूर्ण छ। गाउँ जाने प्रयास गरेपनि उनी दुईपटक गाउँ निकालामा परिसकेको दुखेसो पोख्छन्।

रोगले ग्रस्त भएको बेला श्रीमती सुनिता देवीको मृत्यु भयो। ६ वर्षभित्र उनका ४ छोरा र एक छोरीको पनि मृत्यु भयो। उनको परिवारमा अहिले कोही छैनन्।

उनी भन्छन्, 'मेरो हात र खुट्टाको घाउ निको भइसक्यो,अब गाउँ फर्कन चाहन्छु।'

उनी अहिले भेडियाही बजारनजिक झुपडीमा बस्छन्। अरूले दिएको खाना खान्छन्। उनको झुपडी भएको ५ नम्बर वडाका अध्यक्ष मोहम्मद सब्जीव अन्सारीले इनरदेव घर फर्कन चाहे पनि गाउँले नमान्ने बताउँछन्।

'उनलाई गाउ फर्कन दिऊँ भनेर छलफल गरें। तर कोही मानेनन्,' वडा अध्यक्ष अन्सारीले भने फेरि पहल गर्छु। गाउँमा इनरदेवको १२ धुर जग्गा छ उनले आफ्नै जग्गामा बस्न चाहेको बताउँदै आएका छन्।

रौतहटमा १४० जना कुष्ठरोगबाट प्रभावित छन्। जिल्लामा सबैभन्दा बढी कुष्ठ रोगबाट प्रभावित चन्द्रपुर नगरपालिका रहेका छन् भने सबैभन्दा कम यमुनामाई गाउँपालिका रहेको तथ्यांक छ।

रौतहटको १८ वटै स्थानीय तहको तथ्यांकअनुसार चन्द्रपुरमा २२ र सबभन्दा कम यमुनामाईमा २ गरी जम्मा १४० जनामा कुष्ठरोगी रहेको र उनीहरूले नियमित औषधि सेवन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.