मधेस प्रदेशमा कुष्ठ रोग जोखिम : रौतहटमा एकसय ४० जना बिरामी

मधेस प्रदेशमा कुष्ठ रोग जोखिम : रौतहटमा एकसय ४० जना  बिरामी

रौतहट : चन्द्रपुरमा २२ जना कुष्ठरोगी रहेको पाइएको छ । जिल्ला भर १ सय ४० जना रोगी छन् । गौरमा आइतबार कुष्ठ रोग निवारणसम्बन्धी अभिमुखी कार्यक्रममा सो कुरा जनकारी गराइएको हो ।

कुष्ठ रोग निवारण सम्बन्धी सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा कुष्ठ रोग निवारणबारे जानकारी गराउँदै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेश यादवले कुष्ठरोग अब निको हुने रोग भएको बताएका छन्।

कुष्ठ रोग सरुवा रोग भएपनि जुन व्यक्तिमा रोगसँग लडने क्षमता कम हुन्छ उसैलाई सर्ने प्रमुख यादवको भनाइ छ । सँगै बस्दा,खादा कुष्ठ रोग अरुलाई नसर्ने उनले बताए।

२०६६ माघ ५ गते  नेपाल कुष्ठ रोग निवारण घोषणा भएपनि मधेस प्रदेशका जिल्लामा कुष्ठ रोगको जोखिम बताइएको छ । रौतहट जिल्लाभरी एक सय ४० जना कुष्ठ रोगबाट प्रभावित रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी कुष्ठ रोगबाट प्रभावित चन्द्रपुर नगरपालिका रहेका छन भन्ने सबैभन्दा कम यमुनामाई गाउँपालिका रहेको तथ्यांकले देखिएको छ ।
रौतहटको १८ वटै स्थानीय तहको तथ्यांक अनुसार चन्द्रपुर नपामा २२  र सबभन्दा कम यमुनामाईमा २ गरी जम्मा एक सय ४० जना कुष्ठ रोगी फेला परेका र उनीहरुले नियमित  औषधि गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख यादवले जिल्लामा कुष्ठ रोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताए  । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.