विद्युत् चोरी गरी प्रयोग गरिएका उपकरण जफत

विद्युत् चोरी गरी प्रयोग गरिएका उपकरण जफत

रौतहट : नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रबाट खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले विद्युत् मोटर लगायतका उपकरण जफत गरेको छ।

विशेष सूचनाका आधारमा गएको टोलीले फतुवा विजयपुर नगरपालिकाको विभिन्न टोलमा हुकिंग गरेर सिँचाइ गरिरहेको अवस्थामा आठ थान पानी तान्ने मोटर नियन्त्रणमा लिएको प्राधिकरण मौलापुरका प्रमुख अरुणकुमार साहले बताए।

मोटर लगायतका उपकरण जफत गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए।

केही दिनअघि पनि मौलापुरबाट खटिएको टोली तथा प्रहरीको सहयोगमा हुकिङ गरी सिँचाइ गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट १२ थान पानी तान्ने मोटर जफत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.