चन्द्रपुर चोकको दुइवटा सुन पसलमा चोरी

चन्द्रपुर चोकको दुइवटा सुन पसलमा चोरी

रौतहट : चन्द्रपुर नगरपालिकाको दुईवटा सुन पसलमा गएराति चोरी भएको छ। 

चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको गढीमाई सुनचाँदी पसल र बजारमा रहेको प्रज्ज्वल सुनचाँदी पसलमा चोरी भएको हो।

गएराती दुवै सुन पसलको सटर फुटाएर पसलमा रहेको सुन र चाँदीका गहना चोरेर लगेका हुन्।

चोरीका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए।

दुवै सुन पसलबाट करिव १२ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको पसल सञ्चालकहरूले बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.