मान्छे र पशुको एकै भवनमा उपचार

मान्छे र पशुको एकै भवनमा उपचार

रौतहट : मान्छे र पशुलाई एकै भवनबाट स्वास्थ्य सेवा दिनु परेको कर्मचारीले बताएका छन्। मान्छे र पशुलाई सेवा एकै ठाउँबाट दिनु पर्दा आफूलाई असहज भएको स्वास्थ्य चौकीका प्रमुख अहेब नवीन चौधरीले बताए।

 
जिल्लाको चन्द्रपुर नगरपालिका वडा न १० मा रहेको स्वास्थ्य चौकीको भवनमा पशुको समेत उपचार हुने गरेको छ। भवनको बाहिर गेटमा लेखिएको छ स्वास्थ्य चौकी चन्द्रपुर १० हर्दिया अनि भित्र अर्को बोर्डमा लेखिएको छ पशु सेवा केन्द्र हरैया।
  
एउटै भवनको एक कोठामा मान्छेको उपचार हुन्छ भने अर्को कोठामा पशुको उपचार हुन्छ। भवनको गेटमा स्वास्थ्य चौकी लेखिएको भए पनि भवनभित्र उपचारका लागि ल्याएको पशु बाँधेर राखेको भेटिन्छ।

नायव पशु सेवा प्राविधिक पिंकी चौधरीले भने एकै ठाँउबाट पशु र मान्छेको उपचार सेवा दिए पनि त्यसले कुनै फरक नपर्ने बताइन्। तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीले उदघाटन गरेको सो भवनबाट पशु र मान्छेको  उपचार  हुँदै आएको छ।  स्थानीयले स्वास्थ्य चौकीको भवनमा पशु उपचार केन्द्र संचालन नगर्नका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.