चिसो बढेपछि रौतहटका विद्यालय बन्द

चिसो बढेपछि रौतहटका विद्यालय बन्द

रौतहट: चिसो बढेपछि रौतहटका विद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ। चिसो धेरै भएपछि केही विद्यालय बन्द गरिएको छ।

चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि गौर, कटहरिया, गरुडा, फतुवा विजयपुर, राजपुर, इशनाथ, गढीमाई नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ।

गौर नगरपालिकाले बुधवारदेखि शुक्रवार नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

कठ्याग्रिदो चिसोबाट बालबालिकाहरुलाई सुरक्षित राख्ने उद्देश्यले मंगलबार नगरपालिकाको प्रमुख स्तरीय बैठकबाट  शुक्रबार अर्थात पुस २० देखि २२ गते सम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो।

गौर नगरपालिकाको शिक्षा संयोजक नागेन्द्रप्रसाद मण्डलले हस्ताक्षर गरेको बिदाको सूचनामा बर्खे बिदामा कट्टा हुने गरी जाडोको बिदा दिन विद्यालयलाई पत्राचार गरिएको छ।

रौतहटको फतुवा बिजयपुर नगरपालिकाले ४ दिन बिद्यालय बन्द गरेको छ।  पुस २२ सम्म विद्यालय बन्द गर्न पत्राचार गरिएको छ। फतुवा बिजयपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन नगरपालिकाले पत्रचार गरेको हो। 

गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवका अनुसार बाक्लो हुस्सु र शितलहरबाट विद्यालय आउने विद्यार्थीको संख्यामा कमी आएपछि नगरका सामुदायिक विद्यालयमा बिदा दिइएको हो। रौतहटका १८ स्थानीय तह मध्ये ११ स्थानीय तहले तीन दिन विद्यालयमा बिदा दिएका छन्।

जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय सिंहले जाडो बढेपछि सामुदायिक विद्यालय बन्द गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.