नेपाल-भारत सीमा सुरक्षा बैठक समपन्न

नेपाल-भारत सीमा सुरक्षा बैठक समपन्न

दार्चुला : नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  समपन्न भएको छ। नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिस्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे, महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करण सिंह धामी, भारतको तर्फबाट डीएम रीना जोशी, एसडीएम दिबेश शासनीको उपस्तिथि रहेको थियो।

मंगलबार काठमाडौंस्थित भारतीय दूतावासमार्फत् कूटनीतिक नोट पठाइएको थियो। त्यही नोटलाई आधार मानेर आदुई देशको बैठक आयोजना गरिएको बुझिएको छ। दुई देशको सहमतिमा महाकाली नदीको बहाब पुरानै अवस्थामा फर्काउने सहमति भएको छ। नेपालका इन्जिनियरहरू र भारतका इन्जिनियरहरूको संयुक्त अनुगमनमा काम गरिने डीएम रीना जोशीले बताइन्।

उन्ले भनिन्, 'महाकाली नदीको किनारमा राखेको बालुवा हटाउने कुरा भएको छ। दुबैतर्फबा इन्जिनियरहरूले नदीमा बनाइएका संरचनाहरूको अनुगमन गर्न पाउनेछन्। सीमा विवादको समस्यालाई धेरै ठूलो नबनाइ सामान्य रूपले लिने कुराको सहमति भएको छ।' १० दिनपछि फेरि नेपाल-भारतको सीमा सुरक्षा बैठ बस्ने उनले बताइन्। 

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नदीमा निर्माण भएका संरचना भत्काउनुपर्ने सहमति भएको बताए। 'यो बैठक आवश्यक थियो। महाकाली नदीमा बनेका अस्थायी टहराहरू भत्काउनुपर्ने र तारजालीहरू हटाउनुपर्ने भनेका छौं,' उनले भने। उनले महाकाली नदीलाई बीच भागमा बगाएर छोड्नुपर्ने सहमति भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.