'सोल्टी होटल चितवन' सञ्चालन
काठमाडौं : 'सोल्टी वेस्टेन्ड रिसोर्ट्स चितवन' सञ्चालनमा आएको छ।
चितवनको पटिहानीबाट सोल्टीले आतिथ्य सत्कार सेवाको व्यावसायिक कारोबार सुरु गरेको हो।
सोल्टीले चितवनबाट पर्यटन प्रवर्द्धन गर्ने प्रतिवद्धताका साथ आफ्नो सोल्टी ब्राण्डको उत्कृष्टता सहितको विशिष्ट आतिथ्य सेवा प्रवाह गर्ने जमर्को लक्ष्य लिएको छ।
सोल्टी होटलको अन्तर्राष्ट्रिय स्तरको सेवा सत्कारका लागि नेपालको प्रसिद्धि प्राप्त चितवनको पटिहानीमा आइतबारदेखि सेवा सुरु भएको हो।
'पर्यटनप्रेमी हाम्रा अतिथिहरूप्रति सर्मपित हुने जानकारी सम्प्रेषण गर्न पाउँदा अत्यन्तै खुसी र गौरवान्वित भएका छौं,' विज्ञप्तिमा भनिएको छ।
नेपालगञ्जको ग्रीन लेड प्रमाणिकृत अत्याधुनिक सुबिधा सम्पन्न पाँचतारे वर्गीकृत होटल सोल्टी वेस्टेन्ड प्रिमियर, नेपालगञ्ज तथा इटहरीको सोल्टी वेस्टेन्डमा छिट्टै खुल्ने भएको छ।
'सोल्टी ब्रान्डको रिसोर्ट्स चितवनमा सुरु हुँदै गर्दा हामी उत्साहित तथा सेवा विस्तारप्रति उत्प्रेरित तथा अभिप्रेरित छौं', विज्ञप्तिमा भनिएको छ।
सोल्टी वेस्टेन्ड रिसोर्ट्स चितवनको स्वामित्व रिभरसाइड रोयल गार्डेन रिसोर्ट्स प्राइभेट लिमिटेडमा निहित छ।
सोल्टी समूहको सोल्टी ब्रान्ड अन्तर्गतको सोल्टी वेस्टेन्ड रिसोर्ट्स चितवनका होटेल सञ्चालक स्ट्रिम पीक इन्टरनेशनल प्रालि रहेको छ। जुन सोल्टी समूहको एउटा सहयोगी कम्पनी हो।