मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू धर्नामा

मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू धर्नामा

जनकपुरधाम : प्रहरी समायोजनको मुद्दा लिएर मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू आइतबारदेखि धर्नामा बसेका छन्। 

प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित मधेश सरकारका मुखिया र मन्त्रीहरू जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय परिसरमै धर्नामा बसेका हुन्। 

संघ सरकारविरुद्ध एक सातासम्म धर्ना यथावत् रहने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद शाहले बताएका छन्। 

संघीय सरकारसँग पटक पटक प्रहरी समायोजनको लागि आग्रह गर्दा पनि कुनै सुनवाई नगरेपछि अन्ततः धर्ना बस्न बाध्य भएको मुख्यमन्त्री लालबाबु राउतले बताए। 

उनले संघीयताको सफल कार्यान्वयनका लागि पनि मधेश सरकारले यो कदम चाल्नु परेको दाबी गरे। आफ्नो प्रहरी प्रशासनबिना प्रदेशलाई अधिकार सम्पन्न बनाउन सम्भव नै छैन,' मुख्यमन्त्री राउतले भने, 'संविधानको अनुच्छेद ६ मा प्रदेश सरकारलाई शान्ति सुरक्षाको जिम्मेवारी दिइएकोले अब प्रदेशको संविधानले दिएको अधिकार संघले नदिएसम्म आन्दोलन जारी रह्ने छ।'

बिहान ११ बजेदेखि १ बजेसम्म दिइएको धर्नामा मुख्यमन्त्री राउतसहित गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, उर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्मा, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव, गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्ण, प्रदेशसभा सदस्य शैलेन्द्र यादव, चमेली देवी दास, सरस्वती चौधरी, प्रमीला देवी दास लगायतको सहभागिता रहेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.