जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज साहको जित पक्का

जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज साहको जित पक्का

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहको जित सुनिश्चित भएको छ । 

२५ वडा रहेको उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका लालकिशोर साह चौथो स्थानमा छन् भने दोस्रोमा नेकपा एमालेका शिवशंकर साह हिरा रहेका छन् । कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेका साह निवर्तमान मेयर समेत हुन् । 

पछिल्लो मतगणनाअनुसार मनोजले १२ हजार २८३ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका शिवशंकर साहले ९ हजार ३०३ मत ल्याएर पछ्याइरहेका छन् । 

२५ वटा वडा रहेको उपमहानगरपालिकामा २३ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । हाल वडा नम्बर १५ को मतगणना जारी रहँदा मनोज ३ हजार मतले अगाडि छन् । 

उपमेयरतर्फ गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोरी साह १४ हजार ८३२ मत ल्याएर जितको नजिक छन् । 

पछिल्लो साढे चारवर्षदेखि जनकपुरको नगरप्रमुख पदका लागि तयारीमा जुटेका मनोजकुमार साहलाई नेपाली कांग्रेसको नगर कमिटी र जिल्ला कमिटीले समेत उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । तर, पाँचदलीय गठबन्धनले जसपालाई मेयर दिने निधो गरेपछि उनले ३४ वर्षीय कांग्रेसको यात्रालाई तिलाञ्जली दिँदै पार्टीबाट राजीनामा दिएका थिए । 

पार्टीको परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका साहको पक्षमा जनकपुरवासी उभिए । घण्टाघर चिन्हबाट उम्मेदवारी दिएका साहले जनताको जनमत पाएका छन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट मेयर पदका प्रत्यासी थिए । सो बेला राष्ट्रिय जनता पार्टी नेपालबाट लाल किशोर साहले ११ हजार ६३८ मत बढी ल्याएर साहलाई चुनाव हराएका थिए । 

लालकिशोरले २२ हजार २७७ मत ल्याउँदा मनोजले १० हजार ६३९ मत प्राप्त गरेका थिए । मनोज सो बेला दोस्रो स्थानमा थिए ।

एकपटक हारको मुख देखिसकेको मनोजको लागि ५ वर्षपछि नयाँ अवसर जुरेको छ । पछिल्लो निर्वाचनमा पार्टीकै वरिष्ठ नेताहरुबाट अन्तर्घातमा परेका मनोजले यसपटक स्वतन्त्र उम्मेदवारी दिंदा पनि गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्दै नेकाँ भित्रको गुट उपगुटले उनलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरेको छ । 

साहले निर्वाचनको क्रममा २१ बुँदे घोषणापत्र जारी गर्दै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका थिए । उनले जनकपुरको सबैभन्दा प्रमुख समस्या फोहोरमैला व्यवस्थापनदेखि लामखुट्े नियन्त्रण र छाडा चौपायालगायतको व्यवस्थापनमा ठोस योजना ल्याउने बताएका छन् । 


मेयरका प्रत्यासी मनोज साह र उपप्रमुखका प्रत्यासी किशोरी साह


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.