मलंगवा नगरपालिकामा जसपालाई हराउँदै कांग्रेसले जित्यो मेयर र उपमेयर

मलंगवा नगरपालिकामा जसपालाई हराउँदै कांग्रेसले जित्यो मेयर र उपमेयर

मलंगवा : सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेन्द्र प्रसाद यादव विजयी भएका छन्।

कांग्रेसबाट मेयर पदका लागि उम्मेदवार बनेका यादवले ९ हजार ७८ मत प्राप्त गरी विजयी भएका हुन्। उनले जसपाका उम्मेदवार निरसल साहलाई ४ हजार ४३९ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। प्रतिद्वन्द्वी साहले ४ हजार ६३९ मत प्राप्त गरे।

यस्तै उपमेयरमा पनि कांग्रेसकै शकुन्तलादेवी साह ४ मतले निर्वाचित भएकी छन्। उनले ५ हजार १४३ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकै पानोदेवीले ५ हजार १३९ मत ल्याइन्।

दोस्रो भएका साह यसअघि कांग्रेसबाट नगरप्रमुख निर्वाचित भएका थिए। कांग्रेसले टिकट नदिएपछि साह जसपामा प्रवेश गरी चुनाव लडेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.