माओवादीको लालकिल्ला रामारोशनमा कांग्रेसका उम्मेदवार विजयी

माओवादीको लालकिल्ला रामारोशनमा कांग्रेसका उम्मेदवार विजयी

अछाम : अछामको रामारोशन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका मानबहादुर साउद निर्वाचित भएका छन्। साउद ३ हजार १२७ मतमा साथ विजयी भएका हुन्।

माओवादी केन्द्रका पहलबहादुर साउदले २ हजार ८९७ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा एमालेका चक्र रावलले २ हजार ७ सय ९७ मत पाएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएकी छन्।

उनले ३ हजार २८ मतका साथ विजयी भएकी हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ती साउदले २ हजार २२८ मत प्रात गरेका छन्। त्यसैगरी समाजवादीका ताराप्रसाद खनालले २ हजार १६२ मत प्राप्त गरेका छन्। 

७ वडा रहेको रामारोशनमा ३ माओवादी,२ एमाले, २ कांग्रेसले जितेका छन्।

वडा नं १ मा माओवादी केन्द्रका चक्रबहादुर साउद, वडा नं २ मा माओवादी केन्द्रका मीबहादुर परियार, वडा नं ३ मा कांग्रेसका गणेश साउद, वडा नं ४ मा एमालेका तर्कराज उपाध्याय, वडा नं ५ मा कांग्रेसका केशरबहादुर साउद, वडा नं ६ मा माओवादीका सुशील साउद र वडा नं ७ मा एमालेका तप्तबहादुर भण्डारीले जितेका छन्।

समाजबादी र कांग्रेसबीच गठबन्धन भएको थियो। रामारोशन गाउँपालिका माओवादीको लालकिल्ला भनेर चिनिन्छि। 

यसअघिको निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेका थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.