काँक्रेविहारको क्षेत्रफल पुनः एकीन गरिँदै, सरकारी तथ्याङ्कमै फरक-फरक क्षेत्रफल

काँक्रेविहारको क्षेत्रफल पुनः एकीन गरिँदै, सरकारी तथ्याङ्कमै फरक-फरक क्षेत्रफल

सुर्खेत : कर्णालीको प्रमुख पर्यटकीस्थल काँक्रेविहार क्षेत्रको क्षेत्रफल एकीन गर्न नापजाँच गरिने भएको छ। ऐतिहासिक महत्व बोकेको काँक्रेविहार संरक्षित क्षेत्रको जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ। साथै सरकारी तथ्याङ्कमै क्षेत्रफलबारे फरकफरक विवरण भेटिएपछि काँक्रेविहारको क्षेत्रफल एकीन गर्न पुनः नापजाँच गर्न लागिएको हो।

काँक्रेविहार क्षेत्रको संरक्षणका लागि कम्पाउण्डिङको काम थालिएको छ। तर यसको क्षेत्रफलबारे विवाद बढेपछि यो मुद्दा उच्च अदालतसम्म पुग्यो। काँक्रेविहार क्षेत्रको जग्गा स्थानीयबाटै अतिक्रमणमा परेको भन्दै उच्च अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो। त्यसपछि उच्च अदालतले पुनः नापजाँच गर्न र काँक्रेविहारको क्षेत्रफल एकीन गर्न आदेश दिएको छ। सोही आदेशअनुसार काँक्रेविहार क्षेत्रको पुनः नक्साकंन गरेर क्षेत्रफल एकीन गर्न सरोकारवाला निकायहरु तयार भएका हुन्।  

नापी कार्यालय सुर्खेतको नक्साकंनमा काँक्रेविहार संरक्षित क्षेत्रको क्षेत्रफल एकसय ६७ हेक्टर कायम छ। तर राजपत्रमा भने काँक्रेविहारको कुल क्षेत्रफल एकसय ७५.५ हेक्टर रहेको उल्लेख छ। सरकारी तथ्याकंमै काँक्रेविहारको क्षेत्रफलबारे एकरुपता छैन। तथ्याकंअनुसार झण्डै आठ हेक्टर क्षेत्रफल फरक देखिन्छ। सरकारी तथ्याकंमै दुविधा पैदा भएपछि पुनः नापजाँच गर्न लागिएको हो। नापजाँचपछि क्षेत्रफलबारे एकीन हुने विश्वास गरिएको छ। नापी कार्यालयले २०२९ सालमा गरेको नक्साकंनलाई आधार मानेर काँक्रेविहारको क्षेत्रफल एकसय ६७ हेक्टर कायम गरिएको हो भने वन विभागले जीपीएस प्रविधिबाट गरेको नक्साकंनलाई आधार मानेर राजपत्रमा काँक्रेविहार क्षेत्रको क्षेत्रफल एकसय ७५.५ हेक्टर कायम गरिएको हो। 

सरकारी तथ्याकंमै फरक–फरक क्षेत्रफल कायम हुँदा कसलाई आधिकारिक मान्ने भन्ने अन्यौलता छ। तथ्याकं फरक पर्दा काँक्रेविहारको क्षेत्रको जग्गा स्थानीयबाट अतिक्रमणमा परेको हो की सर्वसाधारणको जग्गा काँक्रेविहार संरक्षित क्षेत्रले अधिग्रहण गरेको हो भन्ने विवाद छ। यही दुविधालाई हटाउन ४९ बर्षपछि पुनः काँक्रेविहार क्षेत्रको नापजाँच हुने भएको हो। पुनः नापजाँच गर्न समिति गठन गरिएको छ। जसका लागि पाँच सदस्यीय प्राविधिक समिति गठन गरिएको छ। डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धितालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा डिभिजन वन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र वीरेन्द्रनगर नगरपालिका प्राविधिकहरु छन्। 

डिभिजन वन कार्यालय सुर्खेतले फागुनको तेस्रो हप्ताभित्र काँक्रेविहारको पुनः नापजाँच सक्ने तयारी गरेको छ। ‘पुनः नापजाँचका लागि समिति गठन भइसकेको छ’ सुर्खेतका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले भने, ‘फागुनको तेस्रो हप्ताभित्र काम सम्पन्न हुन्छ।’ नापी कार्यालयले प्रयोग गर्दै आएको आधुनिक र सर्वमान्य प्रविधिबाट काँक्रेविहार वन क्षेत्रको पुनः नापजाँच हुने रावतले बताए। ‘आधुनिक प्रविधिको प्रयोग गरेर काम हुन्छ’ उनले भने, ‘पुनः नापजाँचपछि क्षेत्रफलको दुविधा हट्छ।’ पुनः नापजाँचपछि वन क्षेत्र अतिक्रमण भए÷नभएको एकिन हुनेछ भने कम्पाउण्डिङमा देखिएको विवाद पनि अन्त्य हुनेछ। काँक्रेविहारको संरक्षण तथा विकासका लागि भन्दै डिभिजन वन कार्यालय ५० लाख र वीरेन्द्रनगर नगरपालिकाले तीन करोड बजेट छुट्याएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.