प्रधानन्यायाधीश विवादबारे छिट्टै धारणा सार्वजनिक गर्छौं : प्रचण्ड

प्रधानन्यायाधीश विवादबारे छिट्टै धारणा सार्वजनिक गर्छौं : प्रचण्ड

भोजपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यायलयभित्रको विवादबारे गठबन्धनले साझा धारणा तय गर्ने बताएका छन्। शुक्रबार प्रेस सेन्टर नेपाल भोजपुरले आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले न्यायालय आफैले समस्याको समाधान गर्दा उपयुक्त हुने बताएका हुन्। 

उनले भने,' न्यायलयभित्रको विवादबारे गठबन्धनभित्र छलफल भइरहेको छ। छिट्टै हामीहरुले आफ्नो धारणा सार्वजनिक गर्छौं।' उनले फरक प्रसंगमा स्थानीय, प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन जारी रहने बताए । उनले माओवादी केन्द्र सत्तारुढ गठबन्धन सम्बद्ध राजनीतिक दलसँग आसन्न चुनावमा मिलेर अघि बढ्ने  दावी गरे।

संविधान, गणतन्त्र तथा लोकतन्त्र, राष्ट्रियताको रक्षाका लागि गठबन्धन भएको  समेत उनले  जिकिर गरे।  तीन तहको निर्वाचन एकैपटक गर्दा राज्यको सम्पति, जनतालाई सास्ती र अवैध चलखेल पनि रोकिने उनले स्पष्ट पारे।

अगुवा कार्यकर्ता प्रशिक्षणका लागि भोजपुर आएका दाहालले विभिन्न स्थानीय सरकार प्रमुख, सुरक्षा निकाय, कार्यकर्तासँग भेटघाट गरेका छन्।

पत्रकार भेटघाटमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तश्विर : प्रदीपचन्द्र राई


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.