वर्षाले सर्लाहीका दुई प्रहरी चौकी डुबानमा
मलङ्वा : तीन दिनदेखिको अविरल वर्षाका कारण सर्लाहीका दुई प्रहरी चौकी डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मलङ्वा सर्लाहीका अनुसार मलङ्वा नगरपालिका ५ खुटौना र चक्रघट्टा गाउँपालिका ८ औरहीका चौकी डुबानमा परेका हुन्।
पानीको निकास नहुँदा चौकीमा पानी जमेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए। चौकीको चारैतिर अग्लो घरहरु बनेका छन् । होचो स्थानमा चौकी छ । चौकी भएको स्थान होचो भएपछि पानी जमेको छ । पम्पिङ सेट लगाएर पानी निकाल्ने काम हुँदैछ । जिल्लाका दक्षिणी क्षेत्रका केही भाग लखनदेही खोलाका कारण डुबानमा परेको हो।