पाँचथरको फालेलुङमा चौरी महोत्सव

पाँचथरको फालेलुङमा चौरी महोत्सव

फिदिम : भारतको पश्चिम बंगाल र सिक्किम राज्यसँग सिमाना जोडिएको पाँचथरको फालेलुङ गाँउपालिकाको तीन सिमानामा चौथो चौरी महोत्सव गर्ने तयारी गरिएको छ । फालेलुङ गाँउपालिकाको प्रबद्र्धनमा नयाँ बर्षको अवसर पारेर महोत्सव गर्न लागिएको हो ।

उच्च पहाडी क्षेत्रको पहिचानको रुपमा रहेको चौँरीको प्रबद्र्धन  र बिकास गर्ने उद्धेयले बिगत बर्षदेखि नै महोत्सव आयोजना गरिदै आएको छ । चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा चिनाउने उद्धेस्यले महोत्सव गर्न लागिएको मूल आयोजक समितिले जनाएको छ । समितिका सचिव सुनिल बान्तवाका अनुसार महोत्सवमा तीन सय चौरीहरु भेला गरिने भएको छ । पाँचथर र ताप्लेजुङको उच्च पहाडी क्षेत्रमा पालिएका चौँरीहरु एकैठाउँ भेला गर्न लागिएको हो । 

‘महोत्सवमा आउने पर्यटकहरुलाई गोठस्टेमा राख्ने तयारी गरिएको छ,’ बान्तवाले भने ‘बस्तीविहिन ठाँउमा महोत्सवको आयोजना गरिएको भएपनि पर्यटकहरुका लागि खान र बस्नका लागि राम्रो व्यवस्था गरिएको छ ।’ 

यसपटक महोत्सव स्थालसम्म सडक पनि पुगेकाले यहाँ आउन सहज हुने आयोजकले जनाएको छ । तीन हजार छ सय मिटरको उचाईमा रहेको नेपालको फालेलुङ गाँउपालिका ४, भारतको वेष्ट बंगाल र सिक्किमको सिमानामा रहेको तीन सिमानामा नयाँ बर्षको अवसर पारेर बैशाख  १ गते महोत्सव गर्न लागिएको हो । चौँरी संस्कृति लोभ हुदैँ गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको हो । 

फालेलुङ गाँउपालिकाले प्रबद्र्धन गरेको महोत्सवमा कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहाल नेपाल सह आयोजक रहेको छ । फालेलुङ कञ्जनजंघा पर्यापर्यटन संस्था, दीप ज्योती युवा क्लब र कञ्चनजंघा चौँरी पालन संरक्षण संस्थाले महोत्सव आयोजना गर्न लागेको हुन् । 

महोत्सव स्थल क्षेत्रमा २१ ओटा चौँरी गोठहरु छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरी गोठहरु घट्दै गएका छन् । गोठमा  चौँरी घट्ने क्रमसँगै चौरी संस्कृति हाराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको हो । महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटि तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.