सडक दुर्घटनामा परी दुई महिनामा २१ जनाको मृत्यु , ४४ घाइते

सडक दुर्घटनामा परी दुई महिनामा २१ जनाको मृत्यु , ४४ घाइते

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडका कृष्णदत्त जोशीका आँखा अझै ओभाएका छैनन् । गाउँपालिकामा सरकारी कर्मचारी भएर काम गर्ने छोरा बस दुर्घटनामा गुमाए पछि अहिले उनको परिवार नै विक्षिप्त छ । 

'एकमात्र छोरा तिहारको मुखैमा भएको दुर्घटनामा गुमाए पछि हाम्रो परिवारमा ब्रजपात पर्‍यो । दाजु-भाउजुलाई निकै समस्या भएको छ । बुहारी र नातीलाई एक्लो बनाएर गएपछि घरपरिवार नै शून्यजस्तो भएको छ, 'मृतक कविन्द्र जोशीका काका हेमराज जोशीले भने, 'मृत्यु सत्य छ । तर यस्तो मृत्यु कसैको नहोस् । परिवार नै शून्य भएको छ ।'

कार्तिक २७ गते बैतडीको पाटननगरपालिका ८ खोड्पे नजिकभएको बस दुर्घटनामा ९ जनाको ज्यान गयो । दोगाडकेदार गाउँपालिकाका एकै वडाका तीनजनाको ज्यान गएपछि अहिले पनि घरपरिवार आफन्त सम्झेर रुने गर्दछन् । 

बैतडीमा सवारी दुर्घटनामा परी दुई महिनाको अवधिमा २१ जनाको मृत्यु भएको  छ । जिल्लाका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी २१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत कार्तिकदेखि अहिलेसम्म ८ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए।

सबैभन्दा बढी ट्याक्टर दुर्घटनामा परेका छन् भने मानवीय क्षतिको हिसाबले बस दुर्घटनामा धेरैको ज्यान गएको छ । गएको कार्तिक १३ गते मेलौलीको हरडाखानमा ट्याक्टर दुर्घटना हुँदा एक नाबालकको ज्यान गएको थियो भने कार्तिक २२ गते दोगडाकेदारको बडियामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो । 

यस्तै कार्तिक २७गते राती बैतडीको पाटननगरपालिका ८ खोड्पे बजार नजिकै भएको बस दुर्घटनामा ९ जनाको ज्यानगएको थियो भने त्यसको भोलिपल्ट कार्तिक २८ गते पाटन ६ जोलाबाँजमा ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको थियो । यसरी हेर्दा कार्तिक महिनामात्रै बैतडीमा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । 

यस्तै मंसिर ९ गते दशरथचन्दनगरपालिका १० बुड्डामा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भयो भने पौष २ गते दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । 

यस्तै पौष ४ गते मेलौलीनगरपालिका ९ मा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको थियो । यही पौष ९ गते सुर्नया गाउँपालिका ७आलुगैरामा भएको जीप दुर्घटनामा चालकले ज्यान गुमाए।

योसँगै जिल्लाभरी २ महिनाको अवधिमा २१ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । कच्ची सडक, चालकको लापरवाही अन्य विविध कारणले सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीको निष्कर्ष छ । 

चालक कारागार चलान

बैतडीको खोड्पे बस दुर्घटनाका चालक विरेन्द्र कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गत कार्तिक २७ गते खोड्पेमा भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको थियो । 

सो घटनालगत्तै प्रहरीले चालक कार्कीमाथि सवारी ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो । कार्कीमाथि लागेको मुद्दाको अन्तिम फैसला नहुँदा सम्मका लागिका रागार चलान गरिएको जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराले जानकारी दिए । 

कार्तिक २७ गते राती खोड्पेमा बस दुर्घटना हुँदा बैतडीका एकै वडाका ३ जनासहित ९ जनाको ज्यान गएको थियो । सो घटनामा दार्चुला, कैलाली र कञ्चनपुरका २/२ जनाको ज्यानगएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.