प्रधानमन्त्रीले चाहेको खण्डमा मन्त्रीमण्डल पुनर्गठन हुन्छ : मन्त्री नेम्बाङ

प्रधानमन्त्रीले चाहेको खण्डमा मन्त्रीमण्डल पुनर्गठन हुन्छ : मन्त्री नेम्बाङ

फिदिम : प्रधानमन्त्री केपीशर्मा ओलीले चाहेको खण्डमा मन्त्रीमण्डल पुनर्गठन हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले बताएका छन्। गृहजिल्ला पाँचथरको फिदिममा आयोजित पत्रकार सम्मेलनमा नेम्बाङले बजारमा आएको हल्लाजस्तो तत्काल मन्त्रीमण्डल पुनर्गठनको तयारी नगरिएको बताएका हुन्। 

‘मन्त्रीमण्डल पुनर्गठनको बारेमा चर्चा सुरु भएको छ,’ नेम्बाङले भने ‘बाहिर चर्चा भएजस्तो पुनर्गठनको तयारी गरिएको छैन। तर, प्रधानमन्त्रीले चाहेको खण्डमा मन्त्रीमण्डल पुनर्गठन हुन्छ।’ नेम्बाङले सरकार सञ्चालनको सवालमा मन्त्रीमण्डल पुनर्गठन गर्न आवश्यक परे प्रधानमन्त्रीले त्यस्तो कदम चाल्ने संकेत गरेका हुन्। 

पत्रकारहरुसँग कुरा गर्दै नेम्बाङले सरकार सञ्चालनको विषयमा कसैले पनि बखेडा झिक्नु नहुने बताएका छन्। पार्टी भित्रैबाट सरकार सञ्चालमा असहयोग भएकोप्रति लक्षित गर्दै नेम्बाङले सरकार सञ्चालनमा पार्टीको निर्णय लागु नहुने बताए। ‘पार्टीमा निर्णय गरेर सरकार सञ्चालन गर्ने भन्ने कहिपनि हुँदैन,’ नेम्बाङले भने ‘विश्वको कुनै पनि ठाँउमा पार्टीको निर्णय सरकार सञ्चालनमा लागु हुँदैन।’ 

चैत महिनामा महाधिवेशन सम्पन्न गरेर पार्टी एकिकरणलाई पूर्णता दिँदा नेकपा र देशलाई भलो हुने नेम्बाङको तर्क छ। सरकारको विषयमा टिकाटिप्पणी गर्नुभन्दा पनि महाधिवेशन गर्नतर्फ नेताहरुले लागे नेकपाका लागि हित हुने उनको तर्क छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.