एकीकृत चिकित्सा पद्धति

एकीकृत चिकित्सा पद्धति

विश्वमा धेरै विधाका शोधकर्ता तथा वैज्ञानिक सबै कोरोना भाइरसको पहिचान गरी यस महामारीबाट पाउन भ्याक्सिन बनाउन प्रयासरत छन्। तर कोरोनाविरुद्धको कुनै पनि उपलब्धि हालसम्म हासिल भएको छैन। विश्वस्तरमा एक सय २५ किसिमका भ्याक्सिन तयार गर्ने काम भइरहेको छ। तर म्युट हुने कोरोना भाइरसको स्वरूप यसको अनिश्चित प्रकृति एक जटिल समस्या हो। भ्याक्सिन बनाउँदाको समय स्वरूप र भ्याक्सिन प्रयोग गर्ने बेलाको स्वरूप बेग्लाबेग्लै भएर यसको प्रभावकारितामा सोचेजस्तो सफलता नहुन सक्छ। केही केसमा त कुनै पनि किसिमको प्रत्यक्ष सिम्टम नदेखिएका व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भइरहेको छ। यसको संकेत कोरोना भाइरसको संरचना अथवा स्वरूपमा परिवर्तन पनि सम्भव छ भन्ने हो। यसको संक्रमणता यति व्यापक छ कि गरिबदेखि विश्वका तमाम ठूला देशका राष्ट्राध्यक्षसमेत भाइरसको प्रभावबाट बच्न सकेनन्।

यद्यपि मृत्युदर यसमा २.४५ प्रतिशत मात्र छ तर यसको प्रसार व्यापक छ। विश्व स्वास्थ्य संगठनले यसलाई विश्व महामारी घोषित गरी बचाउ तथा उपचारको प्रोटोकल घोषित गरिदिएको छ, जसको पालना विश्वका सबै मुलुकका सरकारले आफ्नो देशका जनतामा अनिवार्य रूपले लागू गराइरहेका छन्।

अदृश्यरूपी शत्रु (कोभिड— १९) को सामना सबै सम्भव विकल्पसँग मिलेरै गर्नुपर्छ। यस नीतिको तहत अधिकांश देशमा जनधनको क्षति न्यूनीकरण गर्न हरसम्भव उपाय अवलम्बन गरिएको छ, जसअन्तर्गत परम्परागत चिकित्सा पद्धतिलाई पनि कोरोना उपचारमा प्रयोग गरिरहेका छन्। प्रचलित आधुनिक चिकित्सा विज्ञान (एलोप्याथिक) ले यस रोगको कुनै खास औषधि बनाइसकेको छैन। यसका औषधिको हानिकारक दुष्प्रभावबाट बच्न आम जनताको विश्वास छ कि आयुर्वेदिक, होमियोप्याथिक, नेचरोप्याथी, युनानि आदि चिकित्सा पद्धतिमा कुनै पनि रोग समुल नष्ट गर्ने क्षमता छ। होमियोप्याथीमा कोरोना उपचारको कुनै प्रमाण उपलब्ध छैन। यसका औषधिले कोरोना निको पार्न सक्छ भनेर क्लिनिकल ट्रायल भएको छैन।

सबैको स्वास्थ्यको संकल्प सिद्ध गर्न मान्यताप्राप्त प्रचलित चिकित्सा पद्धतिमा समन्वित स्वरूपको आवश्यकता छ। यसका लागि आयुर्वेदिक, होमियोप्याथी, नेचरोप्याथी, युनानी आदि उपचार विधि प्रयोग गर्न आवश्यक छ।

होमियोप्याथीका लागि मात्र होइन, सबै चिकित्सा पद्धतिका लागि यो नयाँ चुनौती हो। किनभने यो रोग सबैका लागि नयाँ भएकाले कुनै पनि चिकित्सा पद्धतिबाट कोरोना भाइरस निको हुने प्रमाण हालसम्म देखिएको छैन। तर कोरोना बिरामीको उपचार त रोगको लक्षणका आधारमा गरिन्छ, ताकि जनधनको क्षति निकै कम होस्। यस दृष्टिले हेर्ने हो भने उपचार कम र आपात्कालमा कुशल प्रबन्धन बढी छ। यसका लागि एक्लो होमियोप्याथी चिकित्सा पद्धतिमा कोरोनाको उपचार छैन भन्ने तर्क दिनु तर्कसगंत होइन। होमियोप्याथी चिकित्सामा रोगको नामले चिकित्सा गर्ने विधान छैन। यो व्यक्तिपरक चिकित्सा हो। यसमा रोगीको उपचार गरिन्छ, रोगको होइन। यसकारण पनि होमियोप्याथी सैद्धान्तिक रूपले कोरोना उपचारको दाबा गर्न सक्दैन। रोगीको अवस्थाअनुसारको एव रोगका लक्षणका आधारमा चयन गरेको औषधिको न्यूनतम मात्राको प्रयोगले कुनै प्रकारको हानिनोक्सानीको सम्भावना अन्य पद्धतिको अपेक्षा नगन्य छ।

भगवान् धन्वन्तरीलाई आयुर्वेदिक चिकित्साको जन्मदाता मानिन्छ। आयुर्वेद पारम्परिक चिकित्सा पद्धति हो। यसमा चिकित्साका कैयन् सिद्धान्त उल्लेख गरिएको आयुर्वेदिक पुस्तकमा पाइन्छ। त्यसै सिद्धान्तमध्ये औषधि एवं रोगको लक्षणको समानताका आधारमा गरिने उपचार पद्धतिलाई प्राकृतिक चिकित्साको सिद्धान्त पनि भनिएको छ। यसै सिद्धानतमा विकसित होमियोप्याथीमा औषधि निर्माणमा आयुर्वेदको सूत्र ‘मर्दनम् गुण वर्धनम्’ अनुरूप होमियोप्याथिक औषधिलाई शक्तिकृत (पोटेन्टटाइजेसन) भन्ने गरिन्छ। होमियोप्याथीका जनक डा. स्यामुअल हेनिमेन (एमडी) ले आफ्नो जीवनकालमा सन् १८३१ मा स्कारलेट फिवरको महामारी, १८४९ मा युरोपियन देशमा फैलिएको एसियाटिक काँलारा (हैजा) को महामारीमा, यस्तैगरी डा. बोनिग हसनद्वारा जोहान्सवर्गका डा. टाइलर स्मिथ एवं सिकागोका डा. ग्रिमरद्वारा सन् १०५० मा पोलियोका लागि होमियोप्याथिक सिद्धान्तका आधारमा होमियोप्याथिक औषधिको सफलतापूर्वक प्रयोग गरेको उल्लेख होमियोप्याथीसम्बन्धी पुस्तकमा पाइन्छ।

छिमेकी मित्रराष्ट्र भारतमा (जिनियस इपिडेमिक) का लागि वर्ष १९९९ मा आन्ध्रप्रदेश सरकारले होमियोप्याथिक विभागको सहयोगले वर्ष २००२ सम्म अभियान नै चलाएर डेंगु, चिकनपोक्स, चिकनगुनिया आदिमा होमियोप्याथी औषधिको प्रभाव विस्तार गरी त्यहाँका जनतालाई लाभान्वित गराएको हो।  

राष्ट्रिय आपत्का बेला जब सबैको स्वास्थ्य चिन्ता गर्ने हो भने समग्रताको सिद्धान्त लागू गर्नु भनेको राष्ट्र सेवा गर्ने अवसर प्रदान गर्नुजस्तो हो। सबै चिकित्सा पद्धतिको उद्देश्य मानव स्वास्थ्यलाई कुनै हानि नपुर्‍याई सुरक्षित गर्नु हो।

सबैको स्वास्थ्यको संकल्प सिद्ध गर्न मान्यताप्राप्त प्रचलित चिकित्सा पद्धतिमा समन्वित स्वरूपको आवश्यकता छ। यसका लागि आयुर्वेदिक, होमियोप्याथी, नेचरोप्याथी, युनानी आदि उपचार विधि प्रयोग गर्न आवश्यक छ। मुलुकको मान्यताप्राप्त चिकित्सा पद्धतिलाई पनि (एउटै छातामुनि) आधुनिक चिकित्सा एलोप्याथीसँगको समायोजन गरी कोरोना भाइरसबाट संक्रमित रोगीको अवस्थाअनुसारको उपचार गर्नुका साथै स्वास्थ्यको मापदण्डसमेत ख्याल राख्ने हो भने कोरोनाबाट छुटकारा पाउन सकिन्छ। यसरी एकीकृत चिकित्साको अवधारणालाई व्यावहारिक रूपमा प्रयोग गर्नुका साथै कमसेकम क्षत हुने मार्गमा हिँड्नु नै बढी श्रेयस्कर हुन्छ। स्वास्थ्य मन्त्रालयले ध्यान दिने हो कि ?

—मिश्र होमियोप्याथिक चिकित्सक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.