चार प्रहरीसहित छ जनामा कोरोना संक्रमण

चार प्रहरीसहित छ जनामा कोरोना संक्रमण

फिदिम : पाँचथरमा एकैसाथ ६ जनालाई कोरोना संक्रमण भएको भेटिएको छ । स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमणि सुवेदीलेका अनुसार जिल्ला प्रहरी कार्यालयका चारजना प्रहरी, भारतबाट आएका एक मजुर र मुद्धाका लागि प्रहरी कार्यालय आएका इलामका एक व्यक्तिमा संक्रमण देखिएको हो ।

 संक्रमित पाँचजनालाई सदरमुकाम फिदिमममा बनाइएको आइसोलेसनमा राखिएको छ भने इलामका संक्रमितलाई इलाम पठाइएको छ । हालसम्म पाँचथरमा संक्रमितको संख्या २१ पुगेको छ । 

जसमध्ये १३ जना निको भएर घर फर्किएका छन् । अर्का संक्रमित जिल्ला अस्पतालमा कामका लागि ल्याइएका मजदुर हुन् । उनलाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.