भीरबाट लडेर वडा सदस्यको मृत्यु

भीरबाट लडेर वडा सदस्यको मृत्यु

रुकुम : रुकुम पूर्वको भुमेगाउँपालिका - ४ की दलित महिला सदस्यको भीरबाट लडेर मृत्यु भएको छ। बुधबार साँझ भुमे–४ काडाबाट गाउँपालिकाको कार्यालय खाबाङवगरतर्फ जाँदै गर्दा दलित महिला वडा सदस्य धनकुमारी कामीको मृत्यु भएको हो। 

वडा सदस्य कामी रेलगैडा भन्ने ठाउँमा सडकबाट करिब १३ तल भीरमा खसेर घाइते भएकी थिइन्। उनलाई उद्धार गरेर अस्पताल लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए।

उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुकुमकोटमा ल्याइरहेको र पोष्टमार्टमपछि घटनाको थप अनुसन्धान हुने प्रहरी निरीक्षक गुरुङले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.