‘नयाँलाई त सित्तैमा खेलाउँछन्’

‘नयाँलाई त सित्तैमा खेलाउँछन्’

म्युजिक भिडियोमा अभिनय गर्ने मोडल, फिल्ममा काम गर्ने कलाकारको जीवन बाहिरबाट हेर्दा जति चमकधमकपूर्ण देखिन्छ तर भित्री रूपमा सबैको अवस्था त्यस्तो छैन। एकातिर आफ्नो स्टारडमअनुसारको जीवनशैली बिताउनै पर्‍यो अर्कोतिर त्यसरी बाँच्न सक्ने आयआर्जन हुने अवस्था छैन। भित्री जीवन र बाहिरी जीवनबीच तालमेल मिलाउन मुस्किल छ। बजारमा नोटिस भएका र चल्तीका कलाकार तथा मोडेलबाहेक धेरैलाई स्टनरडम मेन्टेन गर्न धौ धौ छ। रिल लाइफलाई वास्तविक जीवनसँग तालमेल मिलाउन नसक्दा धेरै कलाकारले छिर्नेबित्तिकै यो क्षेत्र छोड्ने गरेका छन्।

वर्षमा हजारौं गीतका एल्बम निस्किन्छन्। सयौं म्युजिक भिडियो बन्छन्। म्युजिक भिडियोमा अभिनय गर्ने मोडल पनि आआफ्नै धुनमा काम गरिरहेका छन्। हेर्दा आकर्षक देखिने ग्लामर क्षेत्र भएकाले पनि यहाँ आउन चाहने धेरै युवायुवतीको रहर हुन्छ। तीमध्येकी एक प्रतिनिधि पात्र हुन्, अनिला राई।

धनकुटा पाख्रिबासकी रैथाने अनिला म्युजिक भिडियोमा सिकारु कलाकार हुन्। अभिनयको क्षेत्रमा काम गर्ने र करियर बनाउने रहरमा उनले केही म्युजिक भिडियोमा काम गरेकी छन्। मोडलिङमै पाँच वर्ष बिताइसकेकी उनले केही टेलिफिल्म र विज्ञापनमा काम गरेकी छन्। उनी अभिनय र नृत्यमै अगाडि बढ्न चाहन्छिन्।

म्युजिक भिडियो सुटिङकै क्रममा उनी तराईंको गाउँमा पुगेकी थिइन्। चैतको महिना गर्मीले तातो हावा चलिरहेको थियो। बालुवा भएको ठाउँमा खाली खुट्टा नाच्नु परेको थियो। पटकपटक टेक लिनु परेको थियो। उक्त गीतको सुटिङ पूरा गर्दा उनको पैतालाभरि घाउ भएर निकै दिन दुःख पाएकी थिइन्।

अभिनयको क्षेत्रमा काम गर्दा राम्रै रेस्पोन्स पाइने भए पनि यही क्षेत्रमा टिक्न निकै मुस्किल हुने उनको बुझाइ छ। उनी भन्छिन्, ‘रहरले अभिनयमा आउनेलाई गाइड गर्ने नै कोही हँुदैन। धेरैजना नयाँ मोडेल त गलत टिम र संगतमा परेर अप्ठ्यारोमा परिरहेका हुन्छन्। सुटिङको क्रममा दिन रात नभनी बाहिर हिँड्नुपर्छ, काम गर्ने टिमलाई विश्वास गर्नुपर्छ यसैले पनि घरपरिवारको सहयोग आवश्यक छ।’

आफूले सही काम गर्ने हो भने परिवारको साथ पाइनेमा विश्वस्त राई काम पाउन भने नयाँ कलाकारलाई गाह्रो हुने गरेको अनुभव सुनाउँछिन्। राम्रा गीत पाउनै मुस्किल, अनुभवी र चिनजानको आधारमा निर्माता, निर्देशकको आँखामा परिने उनी बताउँछ्न् ि।

सुरुमा काम पाउन नयाँ कलाकारले बिनापारि मिक काम गर्नुपर्र्ने बाध्यता रहेको उनले सुनाइन्। ‘काम नगरी पर्फेक्ट बनिँदैन, कि पढेर सिकेर आउनुपर्‍यो कि त सुरुमा पैसा हेर्नु भएन।’ अभिनय पढ्ने, सिकाउने कलेज पनि नभएको हँुदा हरेक ठाउँमा संघर्ष गर्नुपर्ने उनको बुझाइ छ। मोडलिङमै करिअर बनाउन चाहने अनिला अवसरको पर्खाइमा यो क्षेत्रमा निरन्तर खटिइरहेकी छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.