मध्य प्रदेशमा राजनीतिक संकट
भोपाल : भारतको मध्यप्रदेशमा भारतीय कंग्रेसको नेतृत्वदायी भूमिकामा रहेका ज्योतिरादित्य सिन्धियाले मंगलबार राजीनामा दिएका छन्। सिन्धियाको राजीनामासँगै यस राज्यबाट संसद्मा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका ५ मन्त्रीले पनि राजीनामा दिएका छन्।
सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गरेका छन्। निकट मानिने सांसदहरूले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उनको राजीनामा आएको हो। ‘शुरुदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ। मेरो विचारमा कंग्रेसमा बसेर यो सम्भव छैन। त्यसैले मैले राजीनामा दिएको छु’, उनले भने।
मध्य प्रदेशमा कंग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो। कांग्रेसबाट राजीनामा दिनुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए। भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी थिए। मध्य प्रदेशको कमलनाथ सरकार संकटमा फसेको छ। यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा कंग्रेसको आपत्कालीन बैठक बसेको थियो