उदयपुरगढी भ्रमणको निम्तो

उदयपुरगढी भ्रमणको निम्तो

उदयपुर : पर्यटन वर्षलाई सार्थक बनाउन उदयपुरको उदयपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पटक अभियान सुरु गरेको छ । प्रदेश १ का पर्यटन प्रवर्द्धन समितिका सदस्य तथा स्थानीय बोधकुमार घिमिरेको नेतृत्वमा चार दिनअघि गाउँपालिकाको कार्यालयबाट निस्किएको टोलीले सबै स्थानीय तहका प्रमुख, उप-प्रमुखलाई भेटी भ्रमणका लागि औपचारिक निम्तो दिएको हो । 

पर्यटकीय क्षेत्रको नक्सा, व्यानर, प्रचार सामग्री र पर्यटकीय क्षेत्र समेटिएका किताब लिएर निम्तो बाँड्दै हिँडेको टोलीले सर्वसाधरणलाई समेत भेटी निम्तो बाँडेको टोलीका नेता घिमिरेले बताए ।

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेसँगै गाउँपालिकाको टोली जिल्लाका ८ वटा स्थानीय तहमा पुगि पर्यटकीय क्षेत्र उदयपुरगढीको अवलोकन गरिदिन आग्रह गरेको टोलीका अर्का सदस्य दिपक रोकाले बताए । 

नेपाली झण्डा मोटरसाइकलमा बाँधेर हिँडेको टोलीले सोमबार जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई, अन्य सदस्य, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, वडाध्यक्षलाई भेटेरै निम्तो दिए ।

टोलीले कटारी नगरपालिकाको वेतेनी डाँडाहुँदै ताप्ली गाउँपालिका, लिम्चुङ्गबुङ्ग, रौतामाई गाउँपालिका, त्रियुगा नपा, चौदण्डीगढी नपा र वेलका नपा छोएर बग्ने सुनकोसीमा सञ्चालित मोटरबोटबाट वरहाक्षेत्र मन्दिरको दर्शन र मैनाराजा मैनी रानीले राज गरेको स्थल मैनामैनी पुग्ने कार्यक्रम रहेको बताइएको छ।

आफ्नो क्षेत्रको पर्यटकीय स्थलको सामान्य जानकारी गराउँदै टोलीले सम्बन्धित स्थानीय तहको पर्यटकीय क्षेत्रको समेत जानकारी लिएको छ।जिल्लाको पुरानो सदरमुकाम तथा ऐतिहासिक उदयपुरगढीलाई सरकारले घोषणा गरेको एक सय गन्तव्यमा समेत समेटिएको छ । 

भौगोलिक विकटताका कारण २०२८ सालमा यो ठाउँबाट सदरमुकाम बोक्सेमा सारिएको हो । तत्कालिन उदयसेन राजाले राज गरेको यो ठाउँमा अहिले पनि पुरातात्विक महत्व बोकेका पुराना सम्पदा रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वले यही बसेर राणा शासनविरुद्धको अभियान सञ्चालन गरेको इतिहास छ ।  

उदयपुरगढी भ्रमणको निम्तो जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारलाई दिँदै टोली प्रमुख बोधकुमार घिमिरे।त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीसँग सामूहिक फोटो खिचाउँदै टोली। फोटो : भरत खड्का 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.