अछाममा जिप दुर्घटना : तीनको मृत्यु, तीन जना घाइते

अछाममा जिप दुर्घटना : तीनको मृत्यु, तीन जना घाइते

अछाम : अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाको लिडि सुकिबागमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ तिमिल्सेनका ३९ वर्षिय अशोक परियार, वडा नम्बर ४ का ३८ वर्षिया कालुसि आउजी र बैतडी  डिलासैन गाउँपालिका वडा नम्बर ३ का २२ वर्षिय लालबहादुर बोहराको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अछामका प्रहरी जवान नारायण बडुले जानकारी दिए। उनका अनुसार परियारको घटनास्थलमै मृत्यु भएको हो भने आउजी र बोहराको वयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप बुधबार राति ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा बान्नीगढ जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सेनका तर्कराज तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिका ७ कीर्तिपुरका २६ वर्षिय जनजिर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका २५ वर्षिय घनश्याम चौधरी रहेका बडुले जानकारी दिए। रातिको समय, कच्चीबाटो र पानी परेकाले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.