अवैद्य मदिरा नष्ट
अछाम : ९१ लिटर घरेलु मदिरा नष्ट गरिएको छ। तुर्माखाँद गाउँपालिका(७ तोषीबाट ५६ लिटर, मंगलसेन नगरपालिकाको विभिन्न स्थानबाट ३० लिटर र रामारोशन गाउँपालिकाबाट ५ लिटर घरेलु मदिरा बरामद गरी बिहीबार नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चेकजाँचका क्रममा बरामद गरिएको घरेलु मदिरा स्थानीय र जनप्रतिधिहरुको रोहवरमा नष्ट गरिएको छ। पछिल्लो समय अछाममा प्रहरीले अवैद्य मदिरा नियन्त्रणमा सक्रियता बढाएको छ।