बाढीले नेपाल-भारत जोड्ने सडक भत्कायो

बाढीले नेपाल-भारत जोड्ने सडक भत्कायो

झापा : झापाको भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाएको छ। मंगलबारदेखि आएको अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले बुधबार बिहान पुल जोड्ने ग्राभेल सडक भत्काएपछि पूर्णरुपमा अवरुद्ध भएको छ। 

बाढीले भारतीय सेना एसएसबीले दशगजा नजिकै राखेको अस्थायी पोस्टसमेत डुबाएको छ। मोटरसाइकल र साना चार चक्के सवारीसाधन हिड्ने उक्त बाटो पूर्णरुपमा अवरुद्ध भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यामकुमार श्रेष्ठले बताए। 

मेची पुल जोड्ने भारततर्फको कालोपत्रे सडक नबन्दा किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले करिब ७ लाखमा मेची पुल जोड्न एउटा कल्भर्ट निर्माण गरी बालुवा र माटोसहितको सय मिटर ग्राभेल सडक बनाएको थियो।

 
भारतले अस्थायी सडक बनाएपछि त्यो सडकलाई जोडन भद्रपुर नगरपालिकाले समेत ह्युम पाइप राखेर प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत आएका कामदार लगाएर सय मिटर सडक निर्माण गरेको थियो।मेची नदीमा आएको बाढीले उक्त सडक पनि बगाइ दिएको छ।  

५६० मिटर लम्बाई र ९.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा बनेको थियो । उक्त मेची पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल माघ १७ गते गरेका थिए। 

सडक निकास विनाको पुलको उद्घाटन भए पनि हलुका चार चक्के सवारी, मोटरसाइकल, साइकल र पैदलयात्रीले मात्र पुलबाट आवतजावतमा सजिलो भएको थियो।अब उक्त कच्ची बाटो पनि बगाएपछि आवतजावत ठप्प भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.