सहमतिमा प्रदेशको नामकरण : मुख्यमन्त्री राई

सहमतिमा प्रदेशको नामकरण : मुख्यमन्त्री राई

उदयपुर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा सहभागी सबै राजनीतिक दलको सहमतिमा प्रदेशको नामकरण गरिने बताएका छन्। प्रेस संगठन नेपाल उदयपुरले आइतबार सदरमुकाम गाईघाटमा गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले किराँत, कोसी, सगरमाथा जस्ता धेरै नाम आएको बताउँदै अध्ययनपछि निष्कर्षमा पुग्ने बताए। 

‘प्रदेश सभामा नेकपाको बहुमत छ,’ उनले भने, ‘मतदतान प्रक्रियाबाट एकैछिनमा नामकरण गर्न सक्छौँ, तर सकेसम्म सहमतिमै जाने तयारी भइरहेको छ।’  उनले सरकारविरुद्ध बाह्य र भित्रीरुपमा आक्रमण भइरहेकाले त्यसविरुद्ध लड्नु पर्ने धारणा व्यक्त गरे। सरकारले गरेका महत्वपूर्ण कामलाई पनि नराम्रो भएको भन्दै सरकारको कामलाई गलत प्रचार प्रचार गरेर विभिन्न रुपमा आक्रमण भइरहेको उनको भनाइ छ। 

उदयपुर गोल्डकपको उदघाटनमा आएका मुख्यमुन्त्री राईले प्रदेश १ मा फुटवल खेल फस्टाउँदै गएकाले प्रदेश १ लाई फुटबलको राजधानी बनाउने तयारी भइरहेको बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.