ताल छेउमा संरचना बन्दै, सौन्दर्य मासिने खतरा

ताल छेउमा संरचना बन्दै, सौन्दर्य मासिने खतरा

रुकुमपूर्व : जिल्लाको महत्वपूर्ण प्राकृतिक सम्पदा मध्येको एक हो कमलताल । जिल्ला सदरमुकाम रुकुमकोटमा रहेको यो ताल वरपर भौतिक संरचना बन्न थालेपछि तालको सुन्दरतामा असर त परेको छ नै यससँगै क्षेत्रफल समेत साँघुरिँदै जान थालेको छ। 

सिस्ने गाउँपलिक–६ मा रहेको यस तालको उत्तरतर्फको  खाली भागमा संरचनाहरु बनाउन थालिएको छ ।  उत्तर–पश्चिमतिर रहेको चौर पनि माँसिदै जान थालेको छ । तालको प्राकृतिक स्वरुपलाई मासेर मानवनिर्मित जस्तो बनाउन लागेकोमा स्थानीयले चिन्तित बनेका छन् ।  यस बिषयमा स्थानीय सरकार र अन्य सरोकाराला निकायले खासै चासो नदिएको स्थानीयको गुनासो छ  । 

तालको पूर्वी भागतिर रहेको रुक्मिनी माविको छेउमा रहेको सामुदायिक वन क्षेत्रमा सभा हल, पहुना घर र गाउँपालिका कार्यालय बनाउन काम भइरहेको छ । यी संरचना बन्दा ताललाई पर्न असरबारे ख्याल गरिएको छैन् ।  

तालकै छेउमा बन्न लागेको अर्को संरचना हो, सार्वजनिक शौचालय र टिकट घर करिब ७ सय वर्गमिटरमा बन्न लागेको यस संरचनाका कारण तालछेउको सुन्दर चौर मासिएको छ । 

‘हामीले तालको छेउमा यो संरचना नबनाउन भनेर रोक्न खोज्यौं तर हाम्रो कुरा सुनुवाई भएन ।’ नाम भन्न नचाहने स्थानीय युवा भन्छन्, ‘हामी सानो छदाँ देखेको ताल र अहिलेको तालमा धेरै भिन्नता छ । तालको प्राकुतिक बनोट नै हराउने डर भयो ।’

कमल ताल जिल्लाकै ठूलो हो । यो मध्यपहाडी लोकमार्गको छेवैमा पर्छ । पहिले लोकमार्गबाटै देख्न सकिने भएपनि अहिले भने लोकमार्ग छेउमा अग्लो पर्खाल लगाएका कारण ताल हेर्न सडकबाट हिड्नै पर्ने हुन्छ । ताल वरिपरि रहेका वर–पिपलका रुख पनि मासिँदै जान थालेका छन् । तालको उत्तरतिर सिमेन्टको पर्खाल लगाइएकाले तालको प्राकृतिक स्वरुप ह्रास भएको छ ।

तालमा जम्मा हुने पानी त्यहीँ भित्र  र वरिपरिको जंगलबाट आउने भएकाले भौतिक संरचना बनाइँदा भविष्यमा ताल सुक्न सक्ने खतरा रहेको स्थानीय बताउछन् ।  

तालको प्राकृतिक स्वरुप नबिग्रने गरी संरचना निर्माण गरिरहेको सिस्ने गाउँपालिकाले दाबी गरेको छ । ‘केही नबनाई नहुने संरचनाहरु ताल छेउमा बनाउन लागिएको हो।’ गाउँपालिका अध्यक्ष कुमारी बरालले संरचना निर्माणले तालको संरक्षणमा मद्दत पुग्ने बताउछिन् । ‘तालको प्राकृतिक सुन्दरतालाई असर नपर्ने गरी बरु थप व्यवस्थित गर्नका लागि यी संरचना बनाइँदै छ ।’ बरालले भनिन् । 

 ताललाई प्राकृतिक सम्पदाकारुपमा थप विकास र प्रचारप्रसार गर्न  स्थानीय सरकार लागि परेको अध्यक्ष बरालको दावी छ । 

‘बाउन्न पोखरी, त्रिपन्न टाकुरी’ को उपमाले चिनिएको रुकुमकोट उपत्यकाको पूर्वतर्फ रहेको यो तालमा दुर्लभ कमलको विरुमा पाइन्छ । तालमा रहेको कमलको जरा निकालेर स्थानीय सरकारले आम्दनी पनि गरिहेको छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले समयमै ध्यान निदिए मासिने खतरा देखिन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.