यार्सा सुरक्षामा जुटे युवा

यार्सा सुरक्षामा जुटे युवा

रुकुमपूर्व : यार्सागुम्बा संकलन गर्ने दिन नजिकिँदै गर्दा रुकुम पूर्वको रन्मामैकोटका युवा बुकी पाटनतिर पुगेका छन्। यार्सा क्षेत्र सुरक्षाका लागि पुथा उत्तरंगा गाउँपालिका– १ र २ का घरघरबाट युवा बुकी उक्लिएका हुन्।

जिल्लाको पूर्वहिमाली क्षेत्रका आधा दर्जनभन्दा बढी बुकीमा यार्सागुम्बा पाइन्छ। यार्सा पाइने क्षेत्रमा हुन सक्ने चोरी–निकासीलाई ध्यानमा राखेर यार्सा संकलन सुरु हुनुपूर्व नै गाउँबाट एक घर एक युवा यार्सा पाइने क्षेत्रमा पुग्ने गरेको वडा नम्बर १ का अध्यक्ष मकरबहादुर गुरुङले बताए। पुथाउत्तरगंगाका १ र २ मा रहेका सबै घरबाट युवा स्वयंसेवकका रूपमा त्यसतर्फ गएको गुरुङको भनाइ छ। यार्सा क्षेत्र सुरक्षाका लागि दुईवटा वडाबाट ५ सयजति युवा बुकी पुगेका छन्। १ र २ वडाका युवाको छुट्टाछुट्टै टिम बनाई दुई समूहमा बाँडेर सुरक्षा दिने तयारी भएको छ।

साविक रन्मामैकोट गाविस र हालको पुथाउत्तरगंगा गाउँपालिका–१ र २ का विभिन्न स्थानमा यार्सागुम्बा पाइन्छ। रन्मामैकोटमा पुपाल, जंगला, अर्विजा, कुण्डला, फूलबारी, ङिम्बु र भित्री वनमा यार्सा पाइने मैकोटमा भरतकुमार पुनले जानकारी दिए। यी क्षेत्रको सुरक्षा गर्न र त्यहाँको अवस्था अवलोकन गरी यार्सा खुलाउने दिनसम्म आवश्यक व्यवस्थापन गर्न युवाले काम गर्नेछन्। यार्सा संकलनलाई व्यवस्थापन गर्न यार्सा सिजन व्यवस्थापन समितिले पनि विभिन्न काम गरिरहेको व्यवस्थापन समिति अध्यक्ष अमरजंग पुनले बताए। ‘हामी स्थानीय युवालाई परिचालन गरेर यार्सा संकलनलाई व्यवस्थापन गर्छौं’, उनले भने, ‘स्थानीय प्रशासनसँग आवश्यक समन्वयमा काम गरिरहेका छौं।’ बुकीमा रहेको हिउँ बिलाइनसकेका कारण यस वर्ष यार्सागुम्बा संकलन ढिला हुने देखिएको पनि अध्यक्ष पुनले बताए। पुनका अनुसार जेठ तेस्रो सातादेखि यार्सा संकलन सुरु गर्ने तयारी भइरहेको छ।

११ वर्षदेखि यसरी युवा यार्सा क्षेत्र सुरक्षाका लागि जाने चलन रहेको स्थानीय युवा बलराज कामीको भनाइ छ। ‘हामी बुकीको रक्षाका लागि स्वयंसेवक भएर आउने गरेका छांै’, बुकी पुगेका ४० वर्षीय कामीले भने, ‘यार्सा संकलनलाई व्यवस्थित बनाउनु हाम्रो कर्तव्य हो।’ स्थानीय युवा बिनाकुनै पारि श्रमिक बुकीको सुरक्षाका लागि हरेक वर्ष यहाँ पुग्ने गरेका छन्। आफ्ना लागि आवश्यक पर्ने खानपिन आफैं बोकेर बुकी उक्लिएका युवाले दुई समूहमा बाँडिएर र समूहको कमान्डर तोकेर काम गरिरहेको बताए।

यार्सा पाइने स्थल सुरक्षाका लागि स्थानीय युवाका साथै जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक ओमप्रसाद पौडेलको नेतृत्वमा आवश्यक सुरक्षाकर्मी खटाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.