सुध्रिएन राप्ती लोकमार्ग

सुध्रिएन राप्ती लोकमार्ग

रुकुमपश्चिम : राप्ती लोकमार्गको अवस्था विजोग छ। जसको कारण आवागमनमा समस्या भइरहेको छ। वर्षा याम अगावै सडक मर्मत भइसक्नुपर्ने हो। तर, सरोकारवाला निकायको गैरजिम्मेवार भएका कारण मर्मतकार्य जहाँको तहीँ छ।

दाङ्गको अमेलियाबाट हुँदै रुकुमपश्चिमस्ति सल्लेसम्म १४८ किलोमिटरको यो लोकमार्ग छिचोल्न सामान्यतः ४ देखि ६ घण्टा लाग्छ। तर, पछिल्लो समय पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने यो छिचोल्न कति समय लाग्छ भन्ने टुंगो छैन।

पछिल्लो समय दाङको अमेलियाबाट तलसिपुरसम्मको सडकलाई चौडा बनाउने काम भइरहेको छ। तुलसीपुरदेखि रुकुमपश्चिम सदरमुकामसम्मको सडकको अवस्था भने विजोग छ। सल्यान खण्डका केही स्थनमा टलटुल पार्ने काम भइरहेक पनि उक्त काम उति प्रभावकारी भने हुन सकेको छैन। 

विभिन्न स्थानमा पोहोर वर्षा मौसममैै खसेको पहिरोलाई राम्रोसँग नहटाउदाँ सानो झरी पर्ने वित्तिकै बाटो अवरुद्ध हुने गरेको छ। सल्यान कपुरकोटको ओरालो, बागचौरको सिमखोली, रुकुमपश्चिमको त्रिवेणी झुल्नेटा बजार र मुसीकोट नगरपालिको पितिबाङ खोलामा अहिले पनि समस्या छ। 

कापुरकोट ओरालोको सडक ठाउँठाउँमा बिग्रिएको छ। सिमखोलीमा माथिबाट झरेको माटो सडकमा थुप्रिएका कारण पानी पर्दा गाडी नै डुब्ने हिलो बन्छ। त्यस्तै घाम लाग्दा धुुलोमा सवारी साधनहरु चिप्लिन्छन्। झुल्नेटा नजिकैको पहिरो वर्षामा हिलाम्य, सुख्खामा धुलाम्मे हुन्छ। माथिबाट आउने पानी सडकमा जम्मा हुने समस्याले यहाँ ठुलो सास्ती हुने गरेको छ। यति मात्र होइन, गाडी उकालोमा नचढ्दा डोजर लगाएर तान्नु पर्ने वाध्यता रहेको यातायात व्यवसायी मनबहादुर खड्काले बताए। ‘यहाँ हामी हरेक पटक डोजर लाएर गाडी तान्छौं’ उनी भन्छन्,‘एक पटक गाडी तानेको डोजरले एक हजारसम्म लिन्छ।’ 

२०६२ सालदेखि नियमित संञ्चालनमा आएको राप्ती लोकमार्गको दाङ्ग–रुकुम सडक खण्ड २०६८ सालमा ओटासिल गरिएको थियो। सडक साँघुरो हुनु, ओटासिल उत्रिनु र केही स्थानमा पुल नहुनु र भएका पुलहरु पनि राम्रा नहुनुले यस सडकखण्डमा यात्रा गर्ने यात्रुलेसास्ती बेहोर्नु परिहेको छ।

सडक मर्मतका लागि गरिएको ठेक्का रद्ध भएका कारण पुनः सुरुदेखि ठेक्का प्रक्रियाअघि बढाएर सडक मर्मत गर्ने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ईन्जिनियर नरेन्द्र भट्टले बताए। ‘यसअघि गरिएको ठेक्का रद्ध भयो। अहिले बजेट मागकै प्रक्रियामा छ, त्यही कारण यो वर्ष सडक मर्मत हुने सम्भावना छैन’ उनले भने,‘हामी सडकको आकस्मिक मर्मत गर्ने काम भने गरिहरन्छौं। सवारी आवागमन रोकिने अवस्था आउँन दिँदैनौं।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.