सडकले सुकायाे पानीका मुहान

सडकले सुकायाे पानीका मुहान

अछाम : साँफेबगर नगरपालिका-३ नौलाकोटकी शान्ता घर्तीले घर नजिकैको खानेपानी मुहान नादेखोलाको वर्षौंदेखि संरक्षण र रेखदेख गर्दै आएकी थिइन्।उनीलगायत गाउँका सबैले त्यही खोलाको पानी पिउने, गाईवस्तुलाई खुवाउने र नुहाउनमा प्रयोग गर्दै आएका थिए।

ब्राहै महिना खोलामा पानी बग्थ्यो। तर, पछिल्लो समय बाटो खन्ने नाममा जथाभावी डोजर प्रयोगले पानीका मुहान पुरिन थालेका छन्।'मुहानको वर्षौदेखि रेखदेख गर्दै आएका थियौं, जथाभावी बाटो खन्दा अहिले नाउलो 'कुवा' नै ढाकिएको छ, त्यहाँ पानीको मुहान नभएजस्तै देखिएको छ, हामीले प्रयोग गर्ने एक मात्र मुहान यही थियो,' उनले भनिन्। जनप्रतिनिधिले चाहेको भए पानीको मुहानलाई जोगाउन सक्थे तर, कसैले चासो नदेखाएको उनले गुनासो गरिन्।

पानीको मुहान पुरिएपछि स्थानीय चिन्तित छन्। मूलको सिरानीमा डोजर चलाएर बाटो बनाएपछि पानीको मुल सुक्दै गएको स्थानीयको गुनासो छ।'आधा जिन्दगी यही मुलको पानी खाएर बित्यो, 'स्थानीय मोतीदेवी लुहारले भनिन्, 'अब यसो भन्दा कथा सुनाएजस्तै लाग्छ, म ७० वर्षकी भएँ। लगभग दश वर्षदेखि नाउलामा पानीको मात्रा कम हुँदै आएको थियो, त्यो कुवा पनि पुरियो। खानेपानी नभए बाटोले मात्र के गर्नु ?'

 
ब्राहै महिना पापडेपानीको खोलामा पानी बग्थ्यो। तर, पछिल्लो केही वर्षयता त्यो खोला सुख्खा छ। 'मूल कता हरायो कता', स्थानीय मानबहादुर कुँवरले भने, 'अहिले नादेखोला समेत पुरिएपछि बुढीगंगाको पानी बोक्नुपर्छ।'

पापडेपानीको खोला समेत आजभोली सुख्खा छ। केही वर्ष पहिले त्यही पानीले यहाँका स्थानीयले खेतमा सिँचाई पनि गर्थे। ०६४ सालमा साँफे बुढाकोट सडक निमार्णका क्रममा डाँडा खोतलिन थालेपछि मुलको पानी सुक्ने क्रम बढेको हो।

गत चैत्र महिनादेखि नयाँ सहर आयोजनाअन्तर्गत मष्टामाडौं देउझाल नौलाकोट सडक खन्ने क्रममा नादेखोलाको पानीको मुहान पुरिएको हो।बाटो खन्ने विषयमा स्थानीयलाई कुनै जानकारी नगराएर बाटो खन्ने काम गरिएको स्थानीयको भनाई छ। 'सडकका विषयमा जानकारी नै छैन, 'स्थानीय मंगलादेवी कुँवरले भनिन्, 'आफ्नो जग्गामा डोजर आएपछि मात्र थाहा भयो, सबैभन्दा दु:खको कुरा हामीले प्रयोग गर्दै आएको पानीको मुहान पुरिएको छ।'
 
पहाडी जिल्लामा डोजर प्रयोगले निर्माण कार्य चाँडो हुने भएपनि क्षति पनि उत्तिकै रहेको स्थानी बताउँछन्।डोजर चलाउँदा उर्वर जमिन कटान हुने, पानीका मूलहरू सुक्ने, खोलानाला पुरिने तथा बाढीपहिरो आउनेजस्ता समस्या देखिन थालेको जिल्ला वन कार्यालय अछामका रेन्जर बिमल चन्दले बताए।

'मनपरी तरिकाले बाटो खनेका छन्, त्यसबाट हुनसक्ने क्षतिको मूल्यांकन गरिएको छैन, विकास गर्ने नाममा पानीको मुहान सुकिरहेका छन्,उनले भने, 'सडक खन्नुअघि वातावरणीय प्रभाव मूल्यांकन गरिनुपर्थ्यो। तर, डोजर चालक प्रविधिक भएका छन्। चन्दका अनुसार सडक बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन गराएका छैनन्। कतिपय ठाउँमा रातरात बाटो खन्ने काम गरेका छन्। जथाभावी पानीको मुहानबाट डोजर प्रयोग गरिएको छ। पानीका मुहान खलबलिएर सुकेका छन्। बाढी पहिरोको पनि उत्तिकै डर छ। 

'पछिल्लो समय जलवायु परिर्तनका कारणले पानीका स्रोतहरु घट्ने, सुक्ने क्रम रहेको छ, 'पर्वतीय जलाधार जलवायु परिवर्तनका समानुकुल आयोजनाका निमित्ति प्रमुख दामोदर ऐरले भने, ' जथाभावी डोजर प्रयोगले पानीको संकट निम्तिने प्रष्ट देखिन्छ।'   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.