पुल बन्यो, बनेन् बाटो

पुल बन्यो, बनेन् बाटो

रुकुमपूर्व : जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर ६ धाउने र वडा नं. ४ पोखरा जोड्ने सानीभेरी नदीमा झेलुङ्गे पुलको निर्माण सम्पन्न भएपनि पोखरापट्टी पुलसम्म जान बाटो नबन्दा समस्या भएको छ। सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक ललितपुरको सहयोगमा २०७५ वैशाख २५ गते निर्माण सुरु भई गत फागुनमा पुल निर्माण सकिएको थियो। तर पुलसम्म जाने बाटो नहुँदा अपठ्यारो भने स्थानीयलाई गाह्रो भएको छ।

पोखरा गाउँ र सानीभेरी किनारमा रहेको तातोपानीसम्म आवतजावत गर्न यो पुल बनेपछि सजिलो भएको त भएको छ तर पुलको पोखरापट्टीको भागमा बाटो नबन्दा जोखिम मालेर यात्रा गर्नु परिरहेको स्थानीय जनक केसीले बताए।आफूहरुको जिम्मा पुल बनाउने मात्रै भएको र बाटो बनाउने काम आफूहरुको नभएको पुल निर्माणको जिम्मा लिएको बिएल पी-हिमशिखर जेभीका प्रतिनिधी कृष्णबहादुर खड्काको भनाई छ।

कुल २ करोड ९१ लाख लगानीमा निर्माण सम्पन्न भएको यो पुल तोकिएको अवधीभन्दा ६ महिना अगावै सम्पन्न गरिएको थियो। जम्मा ३ सय ५५ मिटर लम्बाई रहने भनिए पनि निर्माणका क्रममा बढेर ३ सय ५७ मिटर १० सेन्टिमिटर लम्बाई कायम भएको पुलको पोखरापट्टीको भागमा तत्काल बाटो आवश्यक छ।

पोखरा गाउँबाट पुनसम्म सडक नै पुर्‍याउने गरी काम सुरु गरेको भएपनि बीचमा तातोपानी पर्ने र सडक निर्माणले तातोपानीको मुहानमा असर गर्नसक्ने भएपछि उक्त सडक निर्माण कार्य हाल रोकिएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन्। 'पुलको पोखरापट्टीको भागमा बाटो आवश्यक छ। काम पनि सुरु गरिएको छ। तर पुरा हुन सकेको छैन,' अध्यक्ष बरालले भनिन्, 'अगामी आर्थिक वर्षभित्र गारेटो बाटो भएपनि निर्माण गर्ने योजना छ।'


पुल तरेपछि माथीतिर पाखो भीर र तलतिर सानीभेरी नदी पर्ने भएकाले स्थानीयले जोखिम मोलेर पुलसम्मको यात्रा गरिरहेका छन्। अहिले भेरीको किनारै-किनार भएर पुलसम्म जसोतसो उक्लिरहेका सर्वसाधारणलाई अब बर्खामा नदी बढेपछि भने उक्त बाटो आवतजावत गर्न कठिन हुने देखिएको छ। पुल निर्माण हुनु सुखद पक्ष भएपनि पुलसँगै बाटो पनि निर्माण गर्नु आवश्यक भएको स्थानीयको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.