पर्यटकको रोजाइमा मुसीकोट डाँडा : एक वर्षमा ७ हजारले गरे अवलोकन

पर्यटकको रोजाइमा मुसीकोट डाँडा : एक वर्षमा ७ हजारले गरे अवलोकन

रुकुम पश्चिम : जिल्लाको सदरमुकाम मुसीकोटको खलंगा बजारदेखि नजिकै रहेको ऐतिहासिक मुसीकोट डाडाँ गएको वैशाखदेखि चैतसम्म लगभग सात हजार पर्यटकले अवलोकन गरेका छन्।

मुसीकोट नगरपालिका- ४ मा पर्ने यस मुसीकोट डाडाँमा घुम्नेको संख्या २०७५मा ६ हजार ८ सय ५९ जना पुगेको डाडाँका चौकीदार तिलक बहादुर मल्लले जानकारी दिए।

तत्कालिन बाइसे-चौबिसे राजाले शासन गरेकोमा रुकुमका विभिन्न कोटहरु आठविसकोट, रुकुमकोट, बाँफिकोट जस्तै मुसीकोट पनि राजा बसेको कोटमा पर्छ। धेरै वर्ष पहिले मुसीकोटे राजाले दरबार बनाएर बसेको यो ठाउँलाई ऐतिहासिक मानेर मुसीकोट दरबार क्षेत्र संरक्षण समितिमार्फत संरक्षण गरी पार्कको रुपमा विकास गरेपछि यहाँ घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको हो।

बितेको दुई वर्षअघि साविकको जिल्ला विकास समिति, मुसीकोट नगरपालिका, जिल्ला वन कार्यालय र जिल्ल्ला भू्- संरक्षण कार्यालयको संयुक्त प्रयासमा संरक्षण गरिएको थियो भने पुरातत्व विभागले पनि मुसीकोट दरबार क्षेत्र विकासका लागि काम गरेको थियो।

संरक्षण पछि पार्कको रुपमा विकास भएपछि यो ठाउँ घुम्न आउने पर्यटकका लागि गएको असोजसम्म प्रतिव्यक्ति २० र कार्तिकदेखि प्रतिव्यक्ति २५ रुपैयाँ प्रवेश शुल्क तोकिएको थियो।

त्यसपछि भने यो ठाउँले आम्दनी दिन थालेको संरक्षण समितिका अध्यक्ष लोकेन्द्र शाहले बताए। शाहका अनुसार २०७५ सालमा आन्तरिक पर्यटकको प्रवेश शुल्कबाट कुल १ लाख ५३ हजार २ सय २५ आम्दनी भएको छ।

सदरमुकाम खलंगा बजार पुग्नुभन्दा ४ किलोमिटर अगाडी राप्ती लोकमार्गको तुलसीपुर-रुकुम खण्डको छेवैमा पर्ने यस मुसीकोट डाँडामा जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रुकुम पूर्व, रोल्पा, जाजरकोट, सल्यानबाट आन्तरिक पर्यटक आउने गरेको चौकिदार मल्लको भनाई छ।

धेरै वर्ष पहिलो राजाले आफ्नो लागी बस्ने उपयुक्त ठाउँ खोजिरहेका बेला मुसी नामकी राजाको दरवारमा काम गर्ने एक नोकर्नीले यो ठाउँलाई रोजेको र पछि यहि ठाउँमा दरवार स्थापना गरेको भनाई रहेको छ। यस स्थानमा अहिले पनि दरवारको अवशेषको रुपमा इँटा विछ्याएको भग्नावशेष देख्न सकिन्छ।

मुसीकोट डाँडा घुम्न आउने आन्तरिक पर्यटकले तिरेको प्रवेश शुल्क यहि क्षेत्रको विकासमा खर्च हुने संरक्षण समितिले बताएको छ। गएको वर्ष सबैभन्दा धेरै साउन महिनामा ९ सय ६५ जनाले यो क्षेत्रको भ्रमण गरेका छन् भने सबैभन्दा कम भदौमा ३ सय ६३ जनाले भ्रमण गरेका छन्। शिवरात्री र नयाँ बर्षको दिन विशेष जमघट हुने यस ठाउँमा आइतबार नयाँ वर्षको दिन मात्रै लगभग ३०० जनाले भ्रमण गरेको चौकिदार मल्लाको भनाई छ।

चारैतिर पक्कि तारबार गरिएको यस डाँडाबाट सदरमुकाम खलंगा बजार क्षेत्रका साथै सानीभेरी नदी र जिल्लाका अरु धेरै स्थानहरु अवलोकन गर्न सकिन्छ। यो ठाउँलाई दरबारका लागि सिफरिस गर्ने मुसीको काल्पनिक प्रतिमा बनाइएको छ भने शिव मन्दिर र बस्नका लागि चौतारी निर्माण गरिएको छ। साथै चारैतिर बोटविरुवा र फुलहरु रोपेर सुन्दर बगैचा पनि बनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.