अपराध मोक्ष गर्न कैदीबन्दीले गरे स्वास्थानी पूजा

अपराध मोक्ष गर्न कैदीबन्दीले गरे स्वास्थानी पूजा

बेसीसहर : लमजुङ जिल्ला कारागारका कैदी बन्दीले विगतमा गरेका गल्ती र अपराध मोक्ष गर्न स्वस्थानी ब्रत लिएर पुजा गरेका छन् ।

कारागारमा विभिन्न मुद्दाका ७६ जना कैदीबन्दी छन् । विगतमा गरेका गल्ती र अपराधले उनीहरुको मन अशान्त छ । त्यही गल्ती र अपराध मोक्ष गर्न कैदी बन्दीहरुले एक महिनासम्म स्वस्थानी ब्रत बसेका हुन् । उनीहरुले सोमबार धुमधामले साङ्ग्य गरे । 

कारागारमा रहेका ५ जना पुरुष कैदीबन्दी एक महिनासम्म ब्रत बसेका थिए । साङ्यका दिन ३० जना कैदी बन्दीहरु ब्रत बसेर पुजाआज गरे ।‘हामी विगतमा गरेका गल्ती र अपराध भुल्न चाहन्छौँ । मनलाई शान्ति मिलोस, दुःख कष्ट हरण होस भनेर स्वास्थानी पुजा लगाएका हौँ’, कारागारका कैदी राजन पोख्रेलले भने, ‘चिताएको वर पाइएला नपाइएला मनमा भने शान्ति मिलेको छ ।’

कैदी बन्दीहरु दिनदिनै कथा बाचन गर्थे र सुन्थे । दानदक्षिणा उठाएर २८ हजार जम्मा गरे । साङ्ग्य गर्दा बचेको रकम मानव सेवा आश्रममा दिए । ‘धुपदीप, प्रसाद, पुजा सामाग्री, खिर तरकारीमा २३ हजार जति खर्च भयो’, कैदी बन्दीका नाइके आशिष रानाले भने, ‘बचेको ५ हजार १ सय ५५ रुपियाँ सडक मानवको सेवामा खर्च ग¥यौं ।’ कैदी बन्दीहरुले मानव सेवा आश्रममा गएर रकम दान गर्नुको साथै स्वस्थानीको प्रसाद खुवाएका थिए ।

कैदी बन्दीहरु स्वस्थानी ब्रत बसेर पुजाआज गरेको नौलो घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले बताए । ‘आफु जहाँ रहेपनि मनलाई शान्त पार्नु राम्रो हो’, सुनारले भने, ‘पुजाआज गरेर कैदीबन्दी खुसी भएका छन् । मनलाई यसैगरी शान्त र सकरात्मक बनाउनुपर्छ ।’

प्रहरी नायव उपरीक्षक यादव ढकालले कैदीबन्दीले कागार भित्रै जग्गे लगाएर पुजा गरेको घटना आफूले पहिलोपटक देखेको बताए । कैदीबन्दीहरुले प्रशासन, प्रहरी, अदालतका कर्मचारीहरु र सञ्चारकर्मीलाई निम्ताएर प्रसाद खुवाएका थिए । दीप प्रज्वलनसँगै भजनकीर्तन र नाचगान गरेर उनीहरुले रमाइलो गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.