‘कृषिमा अनुदान पाउन घुस खुवाउनु पर्छ’
बेसीसहर : पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई लमजुङका किसानले कृषिमा अनुदान पाउन कर्मचारीलाई घुस खुवाउनु पर्ने बाद्ययता रहेको दुःखेसो पोखेका छन्।
नयाँ शक्ति पार्टीको मध्यपहाडी लोकमार्ग जनसंवाद अयिभानमा लमजुङ आइपुगेका डा.भट्टराईलाई सुन्दरबजार नगरपालिकाको पाउँ दीढिकका किसान खुसीराम मिश्रले यस्तो गुनासो गरेका हुन्।
आफ्ना नातेदार समेत रहेका मिश्रको तरकारी बारी अबलोकन गर्न पुगेका भट्टराईलाई मिश्रले अनुदान पाउन कर्मचारीलाई ५० प्रतिशतसम्म घुस दिनुपर्ने बाद्ययता सुनाएका हुन्। उनले कृषि उद्यममा सरकारी अनुदान प्रभावकारी ढंगले वितरण नुहुने गरेकोे गुनासो गरे।
मिश्रको कुरा सुनेपछि पूर्व प्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘लमजुङको सुन्दरबजार नपा, पाउँदीढीकमा उद्यमी किसान खुशीराम मिश्र (हाम्रा निकट नातेदार) को आलु तरकारी विउविजन बारीको अवलोकन गर्दा एकातिर समृद्ध नेपाल बन्छ भन्ने विश्वास जाग्यो भने अर्कोतिर सरकारी अनुदानमा कर्मचारीलाई पचास प्रतिशत घुस दिनुपर्छ भन्ने सुन्दा दिक्क लाग्यो!’