घरभित्रै बस्‍न थाले छाउ महिला

घरभित्रै बस्‍न थाले छाउ महिला

अछाम : अछामको मेल्लेख गाउँपालिका वडा नम्बर २ क्रषीदहकी १५ वर्षीया मनिषा बुढालाई महिनावारी हुने समय आयो कि रात कहाँ बिताउने भन्ने चिन्ताले सताउन छोडेको छ। गोठमा बस्दा सर्पले टोक्छ कि भन्ने डरैडरले सुत्ने उनलाई घरभीत्रै बस्न पाएपछि ढुक्कले सुत्न पाएकी छन्।

मनिषा नन्दामाता माविमा कक्षा ९ मा पढ्छिन्। घरमै बस्न थालेपछि उनी विद्यालय समेत नियमीत जान थालेकी छन्। ‘महिनावारीको समय आएपछि सुत्नकै डर हुन्थ्यो, गोठमा रातभरीको असुरक्षित र अप्ठेरो सुताईले गाह्रो हुन्थ्यो र विद्यालय समेत जान सकिन्नथ्यो’ उनले भनिन। ‘अहिले गाउँमा परिवर्तन आईसकेको छ।’ मनिषा जस्ता विद्यालय जाने उमेरका किशोरीहरु महिनावारी भएका बेला घरमै बस्न थालेका छन्। ‘महिनावारी भएका बेला घरभीत्र सुतेमा देउता रिसाउँछन् भन्ने गलत रहेछ, अब त बाजे बज्यै र आमाले बुझ्न थालेपछि आफु घरमै बस्न थालेकी छु’ कक्षा १० मा अध्ययनरत १६ वर्षिया अनिता धामीले भनिन।

‘घरमै बस्छु भन्दा पहिले त घरका मान्छे मान्दैनथे, आमा, भाउजु भन्दा घरकी अविवाहित छोरी मान्छेको बढी छुई मान्ने चलन थियो, आमा भाउजुहरु ४ दिनमा चोखिन्थे भने हामीले ७ दिनसम्म गोठमा बिताउनु पथ्र्याे’ धामीले भनिन। ‘गाउँमा छाउगोठ बिरुद्ध अभियान सञ्चालन भएपछि सबै घरमा बस्न थालेका छन।’ अनितालाई महिनावारी भएका बेला गोठमा बस्नु पर्दा विद्यालय जान मन नलाग्ने, गएपनि गृहकार्य गर्न मन नलाग्ने जस्ता मानसिक तनाब हुन्थ्यो। ‘अब भने नियमित विद्यालय जाने आउने र सहज तरिकाले गृहकार्य गर्ने गरेकी छु’ उनले भनिन। ‘साच्चीकै महिनावारी भएका बेला घरभित्र बसे देवता रिसाउछन् जस्तो लाग्थ्यो’ कक्षा ८ मा पढ्दै गरेकी कल्पना बुढाले भनिन। ‘घरमै बसे देवता रिसाएर आगो लाग्छ, बाघ लाग्छ, घरपरिवार र आफंै पनि बिरामी परिन्छ भनिथ्यो।’ छाउगोठमा रात बिताएर पछिल्लो दिन विद्यालय गएपनि रातभरीको तनावले पढाई तिर ध्यान नजाने जस्ता समस्याको अन्त्य भएको उनले बताइन्। ‘रातभरीको जाडो, अनि डरै डरले सुत्नु पर्ने बाध्यताको अन्त्य भएकोमा निकै खुशी लागेको छ’ उनले भनिन्।

क्रषीदह वडा नम्बर १ र २ लाई छाउपडि गोठ मुक्त घोषणा गरिएको छ। भौगोलिक बिकटताका कारण निकै दुर्गम मानिने क्रषीदहका महिलाहरुले छाउगोठ मुक्त वडा बनाउने अभियान अन्र्तगत ‘आफ्नो ज्यान आफै बचाउ अभियान’ सञ्चालन गरेपछि अहिले सबै महिला तथा किशोरीहरु महिनावारी भएका बेला घरमै बस्न थालेको लाली गुरास महिला सञ्जाल सचिब तथा अभियान्ता तुली धामीले बताइन्। ‘अभियान सञ्चालन गर्ने क्रममा थुपै समस्याहरु आईपरे’ उनले भनिन। ‘कतिपयले समाज बिगार्न थाली भनेर हतियार समेत लिएर काट्न आए, तर पनि हामीले यो अभियानलाई जारी राख्यौ।’ उनले बुढापाकाहरुलाई सम्झाउन निकै गाहे भएको अनुभव सुनाईन।

गाउँपालिकाले पनि छाउपडि कुप्रथा मान्नेहरुलाई गाउँपालिकाबाट पाईनेकुनै पनि सेवा सुुविधा नदिने र सामाजिक सुरक्षा भत्ता समेत रोक्ने चेतावनी दिएपछि बुढापाकाले महिनावारीलाई घरमै बस्न तयार भएको धामीले बताईन। ‘घरमै बसे, दुध दही खाए अनर्थ हुने जस्ता कुराहरु अन्धविश्वास रहेछ भनेर गाउँलेहरु बुझ्न थालेका छन’ धामीले भनिन्। अहिले क्रषीदहका कसैको घरमा पनि छाउ गोठ छैन। गाउँका प्रत्येक घर भित्र नै महिनावारी भएका बेला बस्नलाई छुट्टै कोठा बनाईएको छ। जस्ले गर्दा विद्यालय जाने उमेर समुहका किशोरीलाई निकै सहज भएको छ।

अछाममा साविकका ३३ गाविस छाउगोठ मुक्त घोषणा गरिएका छन्। जिल्लामा हालसम्म १४ जना महिला तथा किशोरीहरुले छाउगोठमा ज्यान गुमाएको तंथ्याक छ। मुलुकी अपराध संहिता विधेयक २०७४ ले महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे वा गराएमा अपराध मानेको छ। यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। तर अछामका धेरै ठाउँमा अझै यो कानुन लागू हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.