चकलेट दिएर बालिका बलात्कार गर्नेलाई १० वर्ष जेल सजाय
![चकलेट दिएर बालिका बलात्कार गर्नेलाई १० वर्ष जेल सजाय](https://annapurnapost.prixacdn.net/media/albums/20180426011642_Jail_r3WW4XUVgs.jpg)
गाईघाट : ७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा उदयपुरका एक युवालाई जिल्ला अदालतले १० वर्ष कैद र पीडितलाई २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।
न्यायाधीश तिर्थराज केसीको एकल इजलासले आइतबार चौदण्डीगढी नगरपालिका- २ माडिबासका रविन राईले बलात्कार गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो।
२०७५ असार ७ गते बलात्कार गरेको आरोपमा राईलाई प्रहरीले असार १५ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।शौचालय गएको मौकाछोपी राईले चकलेट दिएर बलात्कार गरेको भन्दै पीडित परिवारले असार १५ गते इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएको थियो।त्यसपछि अदालतले राईलाई साउन ७ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
बलात्कार गरेको कसुरमा ५ वर्ष र बालिका बलात्कारमा थप ५ वर्ष गरी १० वर्ष कैद हुने गरी फैसला सुनाइएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)