एनसेलको ‘रिचार्ज एण्ड विन’अफर, हरेक साता १० जनालाई एक लाख

एनसेलको ‘रिचार्ज एण्ड विन’अफर, हरेक साता १० जनालाई एक लाख

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो अफर यहि आइतबार (भदौ १७) गतेदेखि लागू भई १० हप्तासम्म चल्ने छ । यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । योजनामा साताभर १०० वा त्यस भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले प्रत्येक १०० बराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् । ग्राहकले आइतबारदेखि शनिबारको अवधिमा २५० को रिचार्ज गर्नेछन् । यो साता लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत दुई विशेष कोड प्राप्त गर्नेछन् । त्यसैगरी ५०० रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् । 

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनोट प्रत्यक्ष प्रसारणमा हुने लक्की ड्र मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा मंगलबार साँझ ७ बजे एपीवान एचडी टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुनेछ ।

यसरी छानिएका भाग्यशाली ग्राहकलाई हरेक बिहीबार एक कार्यक्रम गरेर प्रतिव्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ । एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्का अनुसार यस योजनाले १० हप्तामा छानिने १०० जना भाग्यशाली ग्राहकको चाडपर्व हर्षोल्लासमय बनाउने बताए  ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.