उच्च अदालत बार अध्यक्षमा आचार्य
नेपालगन्ज : नेपालगन्ज : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास वार एसोसियसनको अध्यक्षमा विकास अध्यक्ष निर्वाचित भएका छन्। शनिबार सम्पन्न भएको मतदानमा प्रजातान्त्रिक कानुन व्यवसायी संघका उम्मेदवार शिवकुमार श्रेष्ठलाई ७ मतले पराजित गरी आचार्य अध्यक्ष भएका हुन्। आचार्यले एक सय ३५ र श्रेष्ठले एक सय २८ मत पाएका थिए।
प्रगतिशील प्यानलबाट महिला सदस्यमा कुसुमा सुवेदी विजयी भइन्। अध्यक्ष र महिला सदस्यबाहेक अन्य सबै पदमा भने प्रजातान्त्रिक प्यानलले जितेको छ।
उपाध्यक्षमा रामगोपाल कुर्मी, सचिव चित्रबहादुर शाही, कोषाध्यक्ष सुदीपकुमार भट्टराई, सदस्यमा सतिसकुमार अधिकारी, सुर्जलाल थारु, वसन्तकुमार श्रेष्ठ, राजेश सोनी, पूर्णप्रसाद ढकाल, चित्रबहादुर केसी, प्रभात रञ्जन पोखरेल र राजेन्द्र विश्वकर्मा प्रजातान्त्रिक प्यानलबाट विजयी भएका हुन्। कूल दुई सय ८६ मतदाता रहेकोमा दुई सय ६९ मत खसेको थियो।