एसिया कप छनोट : सिंगापुरले दियो नेपाललाई १५२ रनको लक्ष्य
काठमाडौं : मलेसियामा जारी एसिया कप छनोट अन्तरगत नेपाल र सिंगापुरबीचको खेलमा सिंगापुरले नेपाललाई १५२ रनको विजय लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरलले ४२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनको स्कोर खडा गरेको छ।
सिंगापुरलाई कम स्कोरमै रोक्ने क्रममा नेपालका लागि लतित राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।
सिंगापुरका लागि चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाए । अनिष परामले ३१ र कार्तिकेयन सुब्रामनियनले २० रन बनाए ।
४.२ ओभरमा १८ रन हुँदा तीन विकेट गुमाएको सिंगापुरका लागि चेतन सूर्यवंशी र अनिष परामले चौथो विकेटका लागि ८० रनको साझेदारी गरेपछि बलियो स्थितिमा पुगेको सिंगापुरलाई चौथो विकेटपछि लगातार विकेट लिएर नेपाली बलरले धरासायी बनाए ।